नेपालमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीद्धारा प्रदर्शन 



Download our app to get more features

काठमाडौं,१५ मंसिर । चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिलमा प्रदर्शन गरेका छन् । उनीहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । 

चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । नेपाल मेडिकल काउन्सिलले २०१५ र १६ औं व्याजका चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा इन्टर्नसीप गर्नको लागि स्वीकृति दिएको छैन ।

विद्यार्थीहरुको अन्तिम वर्षको सैद्धान्तिक कक्षा केही समय बाँकी रहेको र त्यो अनलाईन कक्षाबाट पूरा गरेकाले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

चीन सरकारको छात्रवृतिमा पढ्न गएका विद्यार्थीको ६ महिना, बाईलिङिग्वील (द्विभाषिक) युनिभर्सिटीमा पढ्न गएकाहरुको ९ महिना र अंग्रेजी माध्यमको विश्वविद्यालयमा पढ्न गएकाहरुको तीन महिना सैद्धान्तिक कक्षा कोभिडका कारण प्रत्यक्ष पढ्न पाएका थिएनन् । ती बाँकी रहेका सैद्धान्तिक कक्षा उनीहरुले अनलाईन मार्फत पढेर परीक्षा समेत दिइसकेको दाबी गरेका छन् ।

तर काउन्सिलले गत १० गते सूचना जारी गर्दै ‘सन् २०१६ र त्यसपछि भर्ना भएकाहरुको हकमा प्रयोगात्मक कक्षा बिना गरिएको अनलाईन अध्ययन अवधिलाई मान्यता दिन नहुने ।’ भनेको छ । उक्त निर्णयले दोहोरो मारमा परेको विद्यार्थीहरुको भनाइ छ । उनीहरुले सन् २०१५ का विद्यार्थीलाई भाषा र कोर्ष भनी काइते भाषामा परिभाषित गर्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

Last modified on 2021-12-01 16:49:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts