ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र फैलिरहेकोले अत्यावश्यक नपरी विदेश नजान मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं,१५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेकोले अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ । 

बुधबार मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नेपालमा भने यो भेरियन्ट देखिनसकेको र अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको हो । 

विज्ञप्तिमा भनिएको छ,'कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछु।'

Last modified on 2021-12-02 10:19:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts