मर्स्याङदीमा सुत्केरीलाई अस्पताल जान  निशुल्क यातायातको व्यवस्था 



Download our app to get more features

लमजुङ,२१ मंसिर । लमजुङको मर्स्याङदी गाउँपालिकाले सुत्केरीका लागि निशुल्क यातायातको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको ८८औँ बैठकले पालिका भित्रका सुत्केरीका लागि स्वास्थ्य केन्द्रसम्म पुग्ने निस्शुल्क यातायातको व्यवस्था गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरी गराउन प्रोत्साहन गराउन यातायात खर्च व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । अझै पनि पालिकाभित्रका ग्रामीण बस्तीका महिला स्वास्थ्य केन्द्र नपुगी घरमै सुत्केरी गराउने भएकाले यस्तो निर्णय गरिएको गुरुङले हाम्रो डाक्टरलाई जनकारी दिए ।

गाउँपालिकाले गर्भवती र  प्रसूति सेवा लिन पालिकाभित्रका बर्थिङ सेन्टर वा स्वास्थ्य केन्द्रसम्म र पालिकाबाट जिल्ला अस्पतालसम्म पुग्नुपरेमा पनि निस्शुल्क यातायातको व्यवस्था गर्ने जनाएको छ ।

निशुल्क यातायात सेवाका लागि गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्ने वा एम्बुलेन्स सहज उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिले व्यवस्थापन गरेको सवारीसाधनको भाडा तिर्न सहयोग गरिने अध्यक्ष गुरुङले बताए । 

कम्तीमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गर्न गएकालाई यसअघि पनि सरकारले यातायात खर्च दिँदै आएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts