आमाशयको क्यान्सर सानै उमरेमा पनि हुन सक्छ, लक्षण ग्यास्ट्रिकको जस्तै 



Download our app to get more features

आमाशय भनेको पाचन प्रणालीको अगाडिको भाग हो ।  खानाको नलि नसकिदैन र सानो आन्द्रा सुरु हुनु भन्दा अगाडिको भाग जहाँ हामीले खाएको खाना भण्डारण हुन्छ, जसलाई आमाशय भनिन्छ ।

पछिल्लो समय आमाशयको क्यान्सरका बिरामी पनि बढ्दै गएका छन् ।

क्यानसर रोग उमेर बढी भएको व्यक्तिलाई लाग्छ भन्ने गरिएता पनि हाल कलिलो उमेर समूहकालाई पनि आमाशयको क्यानसर हुन्छ ।

हामीले २५ वर्ष उमेरदेखि नै क्यान्सर रोग लागेको पाएका छौं ।

कारण
आमाशयको क्यान्सर के कारण हुन्छ भन्ने वास्तविक कुरा त छैन ।

एक/दुईओटा कारण भन्दा ग्याट्रिक हुन्छ, त्यसमा पनि विशेषगरी हेलिकोब्याक्टो पइर्लोडि किटाणु संक्रमण लामो समयसम्म भएपछि आमाशयको क्यान्सर हुनसक्छ ।

अर्को कारण चुरोट खाने, पोलेको, डढेको, तारेको खाने कुरा, अचारहरुले (पिकलफुड) आमाशयको क्यान्सर हुनसक्छ । वंशाणुगतको कारणले पनि आमाशयको क्यानसर हुन्छ । आफ्ना परिवारका कुनै सदस्यलाई आमाशयको क्यान्सर भएको छ भने आफूलाई पनि हुने सम्भावना रहन्छ, जुन सानै उमेरमा पनि हुन्छसक्छ । 

लक्षण
आमाशयको सुरुवातको चरणमा लक्ष्यणहरु नै देखिदैन ।

धेरैजसो बिरामीलाई ग्याट्रिकको भएको जस्तो माथिल्लो पेट पोल्ने हुन्छ ।

जुन औषधि खाएर निको भएको जस्तो हुन्छ । तर, औषधि खाएता पनि पछि गएर निको नहुने हुन्छ । यो रोग अझै बढ्दै गएपछि खाना अड्किने रगतसहितको उल्टी हुने, अरुचि बढ्ने, दुब्लाउने लक्षणहरु देखिन्छ । 

कलिलो उमेरमा पनि क्यान्सर
जति मानिस बढी बाँच्छन्, यो रोग पनि बढी हुने सम्भावना हुन्छ भनिन्छ । तर, यो रोग सानो उमेरका केही व्यक्तिमा समेत  देख्न थालेको छ । कम उमेरमा हुने रोगको ढिला डाइग्नोसिस हुन्छ ।

अर्को यो रोग आक्रमक हुन्छ । उपचार गरे पनि फाइदा नहुने जस्तो देखिन्छ । 

रोकथाम
आमाशयको क्यानसर हुनै नदिने रोकथाम धेरै  त छैन । तर, पनि आमाशयको क्यानसरबाट बच्न केही शंकास्पद लक्ष्यण देखिएमा उपचार गरिहाल्नुपर्छ । चुरोट, अम्लिय पदार्थ, तारेको, भुटेको वस्तु खानुहुँदैन । वंशाणुगतबाट हुने क्यानसर चाहि रोक्न सकिदैन । आमाशयको क्यानसर हुन नदिनका लागि रोक्ने चिजहरु नै धेरै छैन । 

उपचार प्रक्रिया
इन्डिोस्कोपि गरेर आमाशयमा असर भएको छ/छैन हेरिन्छ ।

क्यान्सर भएको लागेमा सानो मासु झिकेर पुष्टि गर्न बायप्सि गर्नुपर्छ । त्यसलगत्तै सिटिस्क्यान गरिन्छ, जसबाट चरणअनुसार उपचार गर्ने अवस्था छ छैन थहा हुन्छ । यसबाट पूर्ण रुपमा क्यान्सर नै भएको पुष्टि भएपछि सोहिअनुसार उपचार पक्रिया अगाडि बढाइन्छ ।

अमाशयमा भएका क्यान्सर कलेजोमा फैलिसकेको, पेटमा पानि भरिएको अवस्थामा भने उपचार पूर्णरुपमा गर्नै सकिदैन ।

यस्तो बिरामीलाई केहि समय सजिलो बनाउन मात्रै सकिन्छ तर निर्मूल नै पार्न सकिदैन । चरण एकदेखि तीनसम्म सहज उपचार गर्न सकिन्छ । 

मुख्य उपचार अपरेशन 
अमाशयको क्यानसको मुख्य उपचार पद्दती भनेको अपरेसन हो ।

अमाशयमा समस्या भएको भाग निकालेर अको ठाउँमा जोडेर अपरेसन हुन्छ । अपरेसन गरिसकेपछि पनि किमोथेरापि गरिरहन पर्ने हुन्छ ।

आमाशयको अपरेसन गरिसकेपछि यसको आकार घट्ने हुँदा खान गाह्रो हुनसक्छ । बिरामीले एकैपटक धेरै खानसक्ने अवस्था हुँदैन । हामीले एकपटक खाने खाना आमाशयको अपरेसन गरेका विरामीलाई दुई÷तीन पटकलाई पुग्छ । 

अपरेसनपछि पनि होसियार
अपरेसन गरिसकेपछि मेरो रोग पूर्ण रुपमा निको भयो भनेर बस्नै हुँदैन ।

चिकित्सकको सल्लाहाअनुसार अस्पतालमा देखाइरहनु पर्ने कुरामा बिरामी होसियार हुनुपर्छ ।  

अपरेसन गरेको पहिलो दुई वर्षको अन्तरालमा हरेक तीन महिनामा बिरामीलाई हेनुपर्छ ।  

सो समयमा बिरामीको अल्ट्रा साउन्ड, रगतको परीक्षण गरेर  हेरिन्छ भने वर्ष–वर्षमा इन्डोस्कोपि, सिटिस्क्यान गरेर हेरिन्छ ।

दुईदेखि पाँच वर्षसम्म भने ६÷६ महिनामा र पाँच वर्ष पछिको समयमा भने वर्ष÷वर्षमा बिरामीको परीक्षण गरिन्छ ।

Last modified on 2021-12-08 12:01:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts