अग्निपीडितलाई प्रहरीको निशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

मुगु, २२ मंसिर ।  मुगु कुन प्रदेशमा पर्छ का अग्निपीडित तथा अन्य नागरिकहरुलाई नेपाल प्रहरीले एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रहरी प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा जिल्लाप्रहरी कार्यालय मुगुको समन्वयमा सोमवार जिल्ला सदरमुकाम गमगढीमा सो शिविर सञ्चालन गरिएको हो ।

पछिल्लो समय जिल्लामा चिसो बढेसँगै चिसोजन्य रोग फैलिने र सर्वसाधरण ती रोगबाट ग्रसित हुने सिजन भएकाले केही स्वास्थ्यमा सुधार होस भनेर स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कार्यालयका अनुसार गत कात्तिक २९ गते सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागि भएर घर जलेका र त्रिपाल मुनि रात कटाई रहेका आगलागी पीडित परिवारहरुको समय निःशुल्क चेकजाँच तथा औषधि बितरण गरिएको छ ।

घरमा काम गर्दा लडेर सामान्य घाईते भएकी छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाँउकी ५३ वर्षीया जलुका बुढा प्रहरीको निःशुल्क औषधि र चेकजाँच गर्न पाउदा निकै खुसि भएको बताइन ।

चिसो समयमा बढीजसो बालवालिका र वृद्धवृदालाई चिसो तथा अन्य विभिन्न रोगले सताई रहेको हुँदा नेपाल प्रहरीको निशुल्क शिविरमा चेकजाँच उपचार गर्न पाउदा हर्षीत भएका छौँ, स्थानीय ७३ वर्षीय तिलक प्रसाद चौलागाईले भने ।

कात्तिक २९ गते आगलागि पीडित भएका ८१ जना , जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत सुरक्षाकर्मी , भुत पुर्व प्रहरी , लगायत अन्य नागरिक गरि जम्मा २ सय ६९ जनाको स्वास्थ्य परिक्षण गरिएको मध्ये बढि मात्रा श्वासप्रश्वाश , हाडजोर्नी , दम , पाठेघर समस्या , ग्याष्ट्रिक , छाला रोग सम्बन्धि समस्या भएका बिरामिहरु देखा परेको शिविरमा खटिएका प्रहरी निरीक्षक डा। शत्रुधन बहरदारले जानकारी दिए ।

शिविर संचालनका लागि प्रहरी प्रदेश कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक जगदिश प्रसाद भट्ट, डा। शत्रुधन बहरदार ,कैलास सुवेधी र प्रज सुनिल योगीको स्वास्थ्यकर्मी टिम आएको जिल्लाप्रहरी कार्यालय मुगुका प्रहरी नायवउपरीक्षक सुवास हमालले जानकारी दिए ।

शिविरको उदघाटन प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको स्वास्थ्य चेकजाँच गरेर गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts