आगामी माघ १४ र १५ गते विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा हुने 



Download our app to get more features

काठमाडौं,२४ मंसिर । आगामी माघ १४ र १५ गते विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा हुने भएको छ । 

नेपाल मेडिकल काउन्सिलले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । काउन्सिलले परीक्षामा सहभागी हुने इच्छुक परीक्षार्थीले आगामी आइतबार देखि एक महिनासम्म अनलाइन फारम भर्न सकिने जनाएको छ । 

सूचनामा आगामी २६ मंसिर देखि २६ पुससम्म नियमित रुपमा फारम भर्न सकिने र पुस २७ र २८ मा विलम्ब शुल्क तिरेर फारम भर्न सकिने बताइएको छ । 

परीक्षा इन्जिनियरिङ अध्यय्न संस्थान पुल्चोकमा कम्प्युटर विधिबाट हुने बताइएको छ ।

Last modified on 2021-12-10 10:18:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts