बालबालिकामा देखिएको हात,पैताला तथा मुखको रोग के हो ? यो रोग कसरी सर्छ ?



Download our app to get more features

काठमाडौं,२४ मंसिर । १० वर्ष मुनिका बालबालिकाको हात,पैताला तथा मुखमा आउने स साना राता बिमिराहरुलाई हात,पैताला तथा मुखको रोग भनिन्छ । 

यो रोगको कारक भाइरस भनेको कोक्सेक्की भाइरस र इन्टेरो भाइरस ७१ हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सामान्यतया यो रोग एक हप्तामा सन्चो हुन्छ । तर कुनै कठिनाइ भएमा तुरुन्तै अस्पताल गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।

यसका लक्षणहरु 
-ज्वरो आउनु ।
-खना नरुच्नु ।
-घाँटी दुख्नु ।
-जिब्रो,गिजा,गाला,पैताला र हत्केलामा रातो बिमिरा आई पानी र पिप जस्तो घाउहरु देखिनु ।

यो रोग लागेमा के के कुरामा ध्यान दिनुपर्छ ?
-बिरामी बच्चालाई धेरै पानी खुवाउने ।
-नरम खाना तथा झोलिलो खाने कुराहरु खुवाउने ।
-पर्याप्त मात्रामा आराम गराउने ।
-मुखको अल्सरबाट आउने ज्वरो र दुखाइ कम गर्नका लागि सो अनुसारको उपचार दिने ।
-बिरामी बच्चाको सम्पर्कमा आएपछि साबुनपानीले हात धुने । 

यो रोग कसरी सर्छ ?
बिरामी बच्चाको सिँगान,र्याल,खकार साथै फोकाको पिपबाट यो रोग सर्न सक्छ ।

कसरी रोकथाम गर्ने ?
नियमित सरसफाइ नै यस रोगबाट बच्ने मुख्य उपाय हो । 

Last modified on 2021-12-11 13:25:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts