नुवाकोटमा स्वास्थ्य चौकी बन्द गरेर कर्मचारी भ्रमणमा



Download our app to get more features

नुवाकोट,२४ मंसिर । नुवाकोटको लिखु गाउँपालिकामा स्वास्थ्य चौकी बन्द गरेर कर्मचारीहरु चन्दागिरिमा रमाइरहेका छन् ।

नुवाकोटको लिखु गाउँपालिका वडा नं. १ को खानिगाउँ स्वास्थ्य चौकी र वडा नं.२ मा रहेको सामुदायिक  स्वास्थ्य ईकाईका महिला स्वास्थ्य स्वयंसेवीका  र कर्मचारीहरु कार्यलय नै बन्द गरेर शैक्षिक अवलोकन भ्रमणमा गएका छन् । 

वडा नम्बर २ का वडाध्यक्ष भीम बहादुर घलेको नेतृत्वमा कार्यालय नै बन्द गरेर भ्रमण गएको कुरा प्रमुख प्रशासकीय अधिकृतलाई समेत  केही पनि जानकारी नभएको बताईएको छ । 

स्वास्थ्य चौकीमा सेवा लिन पुगेका सेवाग्राही कार्यलय नै बन्द भएपछि मलिन भएर फर्किन बाध्य भएका छन् । 

'मलाई कुनै पनि जानकारी आएको छैन्  र त्यसरी कार्यालय नै बन्दै गरेर घुम्न जान मिल्दैन म यस बिषयमा बुझेपछि मात्र प्रतिक्रिया दिन्छु',उनले भने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts