चितवनको सिर्जना स्कुलमा निशुल्क दन्त तथा मुख स्वच्छता सचेतना शिविर



Download our app to get more features

चितवन,२६ मंसिर । चितवनको भरतपुरमा एकदिने निशुल्क दन्त तथा मुख स्वच्छता सचेतना शिविर सम्पन्न भएको छ । सिर्जना ईङलिस स्कुल सरदपुर ९ भरतपुरमा शुक्रबार उक्त शिविर सम्पन्न भएको हो । 

चितवन मेडिकल कलेज भरतपुरका डा.हरेन्द्र सिंहको नेतृत्वमा डा.सुस्मिता पौडेल, डा.कल्पना थापा,डा.प्रतिक्षा गिरी, डा.कृष्टि सापकोटा लगायतको टोलीबाट निशुल्क दन्त तथा मुख स्वच्छता सचेतना शिविर सम्पन्न गरिएको शिक्षक भिष्मराज लामिछानेले  जानकारी दिए । 

विद्यालयका प्राचार्य मुना थापाले शिबिरबाट करिव तीन सय विद्यार्थी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिइन् । प्राचार्य थापाले कार्यक्रम सञ्चालन गर्न सहयोग गरेकोमा आफ्ना सबै शिक्षक स्टाप कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

सो कार्यक्रमका संयोजक सुविन गौतम र अविनाश न्यौपानेले डा.सिंहको सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गरे । विद्यालयले शैक्षिक गतिविधि वाहेक अन्य गतिविधिसमेत सञ्चालन गदैं आइरहेको छ ।

Last modified on 2021-12-12 11:55:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts