नवजात शिशुले तिव्र श्वास लिनु निमोनियाको संकेत



Download our app to get more features

नवजातशिशुको श्वासप्रश्वास एक मिनेटमा ६० पटक भन्दा बढी चलिरहेको छ भने सचेत भइहाल्नुहोस् । किनकी यो निमोनियाको संकेत हुन सक्छ । जसमा नवजातशिशुको श्वासप्रश्वास छिटोछिटो भइरहे पनि परिवारका सदस्यले वेवास्ता गर्ने गरेको छन । ढिलोगरी अस्पताल ल्याउँदा शिशुको ज्यन नै जोखिममा पर्ने चिकित्सकहरू बताउँछन । 

लक्षण पहिचान गरौं
—नवजात शिशुको नाकको चुच्चो भाग, ओठ वा हात र खुट्टा निलो देखिन थाल्छ ।
—शिशुले दुध खान छोड्छ ।
—शिशु अचानक सुस्त हुन थाल्छ । 
—शिशुको दिसा, पिसाब वा नाकबाट रगत आउछ ।
—धेरै ज्वरो हुनु र शरीरको तापक्रम कम नहुनु ।
—शरीर चिसो हुने वा शिशुलाई झट्का आइरहनु । 
—पेट फुल्नु र बान्ता गरिरहनु । 
—पैताला, हात पहेँलो हुने ।

ध्यानदिनु पर्ने कुराहरू
—शिशुको कोठा सँधै सफा हुनुपर्छ ।
—आमाको दूध र सही समयमा खोप लगाउने ।
—शिशुलाई पटकपटक छोइ राख्नु हुँदैन र बाहिरबाट आएपछि हात धोएर मात्रै छुने वा काखमा लिने ।
—बिरामी वा संक्रमित व्यक्तिबाट नवजात शिशुलाई टाँढै राख्ने ।

चिकित्सकको सुझा
बालरोग विशेषज्ञ डा. सूर्यनारायण यादवले निमोनियाको खतरा २ महिना भन्दा बढीको शिशुमा पनि हुनसक्ने बताए । तर, २ महिनादेखि १ वर्ष सम्मका बच्चाको श्वास प्रत्येक मिनेट ५० पटक भन्दा बढी चलिरहेको छ भने तुरुन्त डाक्टरसँग सल्लाह गरिहाल्नु पर्छ । यदि बच्चा १ वर्ष देखि ५ वर्षसम्मको छ र उसको श्वास प्रत्येक मिनेटमा ४० पटक भन्दा बढी चलिरहेको छ भने सावधान हुनु आवश्यक छ । नवजात शिशु बिरामी हुनु, ठूलो बच्चा वा वयस्क बिरामी हुनु भन्दा बढी खतरनाक हुन्छ । किनकी नवजात शिशुको इम्यून सिस्टम (रोगसँग लड्ने क्षमता) ठूलो मानिस वा बच्चाको तुलनामा निकै कमजोर हुन्छ । जन्मनासाथको शिशु एक यस्तो वातावरणमा आउँछ जहाँ चारैतर्फ विभिन्न किसिमका किटाणु, ब्याक्टेरिया, भाइरस, फंगस हुन्छन् ।

Last modified on 2021-12-14 16:18:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts