नुवाकोटको  दुप्चेश्वरमा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार



Download our app to get more features

नुवाकोट, २८ मंसिर । नुवाकोटको दुप्चेश्रर गाउँपालिकामा हेलिकप्टर मार्फत २३ वर्षीय सुत्कोरी महिला माया तामाङको उद्धार गरिएको छ ।  

मंगलबार दुप्चेश्रर गाउँपालिकाको वडा नम्बर ४ स्थित बेतिनी गाउँबाट सुत्केरी तामाङको उद्धार गरिएको दुप्चेश्रर गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिए । 

तामाङलाई सुत्केरी पश्चात सालनाल नछुट्ई अत्याधिक रक्तश्राव नरोकिए पछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो । हवाई उद्धार पछि हाल तामाङको थापाथलि स्थित प्रशुती गृहमा उपचार भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts