हिपको जोर्नी प्रत्यारोपण कुन अवस्थामा गर्ने ? यसो भन्छन् डा.विवेक 



Download our app to get more features

काठमाडौं,२९ मंसिर । हिपको जोर्नी प्रत्यारोपण बढी मात्रामा युवा अवस्थाको व्यक्तिहरूलाई गर्ने गरिन्छ । वृद्धवृद्धाहरूमा यसको समस्या अलि कम देखिन्छ । 

हिपको जोर्नी प्रत्यारोपण यदि गेडिको रक्तसञ्चार बिग्रिएको अवस्थामा गर्ने गरिन्छ ।  गेडिको रक्तसञ्चार बिग्रिएमा गेडि मक्किने, हड्डिमा हड्डि घर्षण हुने र त्यसले दुखाई ल्याउने गर्दछ । 

योसँगै पहिले कुनै सङ्क्रमण भएर गेडि बिग्रिएमा, गेडी खिइएमा हिपको जोर्नी प्रत्यारोपण गरिन्छ । त्यस्तै कुनै दुर्घटनामा गेडिलाई असर पुर्याएको छ भने त्यस्तो अवस्थामा पनि हिपको जोर्नी प्रत्यारोपण गरिन्छ । 

हिपको जोर्नी प्रत्यारोपण गरेपछि मानीसहरूले राम्रो जीवन जिउन सक्छन् ।

हिपको जोर्नी प्रत्यारोपण राम्रो भएको छ भने बिरामीलाई अपरेसन गरेको भोलिपल्टदेखि हिँडाउन सकिन्छ । तर कतिपय अवस्थामा अपरेसन गरेको जोर्नी खुस्किन सक्दछ त्यसैले ध्यान दिनुपर्छ । 

सामान्यता  हिपको जोर्नीको प्रत्योरोपण गरेका बिरामीहरू ६ महिनादेखि १ वर्षमा नर्मल हुने गर्दछन् । 

हिपको जोर्नीको प्रत्योरोपण गरेका व्यक्तिहरूले धेरै तौल पर्ने खालका क्रियाकलाप गर्नुहुँदैन । त्यसले जोर्नीलाई असर पुर्याउने र पुनः जोर्नी फेर्नुपर्ने हुनसक्दछ ।

नेपालमा जोर्नीको प्रत्यारोपण गर्दा आवश्यक पर्ने सामग्रीहरू त्यति धेरै उत्पादन हुँदैन । कुन कम्पनीहरूको सामान हो त्यो हेरेर खर्च हुन्छ ।

 

Last modified on 2021-12-18 08:53:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts