आईयूआई र आईभीएफमा के फरक छ ? डा.हुमागाईबाट जानौं



Download our app to get more features

पुरुषको शुक्रानुलाई राम्रो बनाएर महिलाको पाठेघरमा भित्र हाल्नुलाई आईयूआई भनिन्छ । 

आईयूआई फर्टिलिटि उपचारमा सबैभन्दा सजिलो र सस्तो उपचार हो । आईयूआईमा तीन वटा पक्ष निकै नै महत्त्वपूर्ण रहन्छ । 

आईयूआई गर्नलाई सबैभन्दा पहिले महिलाको ट्युब खुल्ला हुनुपर्छ । अर्को पुरुषको शुक्राणु नर्मल वा हल्का माइली मात्र कम भएको शुक्रानु हुनुपर्छ र महिलाको अण्डा निश्चित ठाउँमा पुगेर फुट्नुपर्छ । 

यसको उपचारमा आईयूआई गर्ने महिलालाई दोस्रो वा तेस्रो दिनमा औषधिहरू दिने गरिन्छ । त्यसपछि ९ दिनमा अण्डाहरूको विकास भए नभएको हेर्ने गरिन्छ । अण्डाहरूको विकास भए नभएको लगातार हेर्ने गरिन्छ । 

त्यस्तै अण्डाको विकास १८ देखि २० एमएल पुगेपछि बाहिरबाट इन्जेक्सन दिएर त्यसको ३६ घण्टामा पुरुषको राम्रो राम्रो शुक्राणु महिलाको पाठेघरभित्र पसाउने गर्दछौं । 

त्यसपछि महिला गर्भवती भए नभएको हेरिन्छ । सामान्य अवस्थाको गर्भवतीमा पुरुषको शुक्राणु महिलाको भजाइनामा गएर बस्छ । त्यहाँबाट भित्र पस्दा कतिपय शुक्राणुहरू मर्ने, माथि जान नसक्ने र पाठेघरको मुखमा भएको शुक्राणुलाई महिलाको एन्टिबडीले मार्न सक्ने हुन्छ । जसले गर्दा महिला गर्भवती हुने सम्भावना कम हुन्छ । तर, आईयूआईमा राम्रो शुक्राणुहरूलाई एकैचोटि महिलाको पाठेघरमा पसाउने हुँदा शुक्राणुले हिँड्नुपर्ने बाटो कम हुन्छ त्यसले गर्दा गर्भवती हुने सम्भावना बढी हुन्छ । 

यदि सबै कुरा राम्रो हुँदाहुँदै पनि आईयूआईमा ३ देखि ६ साइकलमा महिलाहरू गर्भवती भएनन् भने आईभीएफ गर्नुपर्छ । 

आईयूआईको उपचार १० देखि १५ हजारमा हुने गर्दछ भने आईभीएफको ३ देखि ४ लाखमा उपचार हने गर्दछ । 

आईयूआई र आईभीएफको उपचार विधिमा भने धेरै फरक छ । आईयूआईको उपचार सामान्य तरिकाबाट गर्न सकिन्छ भने आईभीएफमा लामो समय लाग्ने हुन्छ ।
 

Last modified on 2021-12-26 10:06:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts