जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पर्व मनाउन प्रधानमन्त्रीको आग्रह



Download our app to get more features

काठमाडौं,१५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पर्व मनाउन आग्रह गरेका छन् । 

प्रधानमन्त्रीले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना ब्यक्त गर्दै कोरोनाको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै मनाउन आग्रह गरेका हुन् । 

उनले जारी गरेको शुभकामना सन्देशमा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेको बताइएको छ । 

प्रधानमन्त्रीले यो पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामना समेत गरेका छन्।

Last modified on 2021-12-30 16:05:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts