कोरोनाविरुद्व खोपको थप मात्रा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं,१९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्व खोपको थप मात्रा लगाउन आग्रह गरेको छ । 

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कोरोनाविरुद्व खोपको पूर्ण मात्रा लगाएका र ३ महिना पुगेका व्यक्तिहरुलाई थप मात्रा लगाउन आग्रह गरेको हो । 

खोपको थप मात्रा मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका,सक्रिय क्यान्सर रोगीहरु,अङ्ग प्रत्यारोपण गरेका बिरामीहरु,एच आइ भी भएका बिरामीहरु,उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु सेवन गरिरहेका बिरामीहरु र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथि व्यक्तहरुले लगाउन सक्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले उक्त खोप बुस्टर डोज नभएर कमजोर रोग प्रतिरक्षा प्रणाली भएका ब्यक्तिहरुलाई दिइने थप एक अरिरिक्त्त मात्रा भएको बताएको छ । 

लक्षित समूहका व्यक्तिहरुले उक्त खोप नजिकैको स्वास्थ्य संस्थाबाट लिन सकिने मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा कार्ड लिएर जान पनि मन्त्रालयले आग्रह गरेको छ । 

Last modified on 2022-01-04 07:00:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts