टिचिङ अस्पतालमा ट्वाइलेट जाँदापनि पैसा लाग्छ !

शौचालय चलाउनलाई अत्यन्त सस्तो १० हजारमा ठेक्का दिइएको छ ।



Download our app to get more features

काठमाण्डौ,१३ चैत । के तपाई टिचिङ अस्पताल महाराजगंज जादै हुनुहुन्छ ? थाहा पाई राख्नुस त्यहाँ तपाईले शौचालय गएको समेत पैसा तिर्नु पर्ने हुन्छ ।
शिक्षण अस्पतालमा देशभरीबाटै बिरामि सेवा लिन आउछन् । उपचार गरेबापत त तिर्नुनै पर्छ त्यसबाहेक बिरामी र तिनका आफन्तले शौचालय गरेबापत समेत पैसा तिर्नुपर्छ  । अस्पतालले निजी क्षेत्रलाई ठेक्कामा दिएर संचालन गराइरहेको उक्त शौचालय प्रयोग गर्दा पैसा तिर्नु पर्छ । अस्पताल आउने सर्वसाधारणले धेरै गुनासो गरेपनि अझै पैसा उठाउन बन्द गरिएको छैन ।
अस्पतालमा बिरामीलाई अरु सुबिधा उपलब्ध गराउन नसक्ने तर शौचालयको प्रयोग गर्दा भने पैसा असुल्ने प्रशासनको कदम गलत भएको औषधोपचाका लागि आएका सर्वसाधारणको भनाइ छ ।
शिक्षण अस्पतालले शौचालयको पैसा असुली गरेको विरुद्ध  केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि पर्यो । अख्तियारको छानवीनमा अस्पतालले शौचालयलाई व्यवस्थि तगर्न पैसा उठाएको जवाफ दिएको छ । यद्यपी शौचालय चलाउनलाई अत्यन्त सस्तो १० हजारमा ठेक्का दिइएको छ ।
सार्वजनिक रुपमा शौचालय प्रयोग हुँदा अव्यबस्थित भएको र सामान समेत चोरी हुने समस्या बढेकाले ठेक्कामा दिन परेको अस्पतालका निर्देशक दीपक महराले जानकारी दिए । “हामिले पैसा कमाउने उदेश्यले नभएर शौचालयको र्ममतको लागी मात्र पैसा लिने व्यबस्था गरेका हौ ।” उनले भने ।

 

Last modified on 2016-03-27 08:14:49

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts