त्रिशुली अस्पतालका स्वास्थ्यकर्मीमाथी भएको आक्रमणप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण 



Download our app to get more features

काठमाडौं,२७ पुस । त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनालाई घटनालाई लिएर अस्पताल नै तोडफोड गर्ने तथा चिकित्सक एवं स्वास्थ्यकर्मीमाथी आक्रमणको प्रयास भएको घटनाप्रति  नेपाल चिकित्सक संघको ध्यानाकर्षण गराएको छ । 

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले ध्यानाकर्षण गराएको हो । 

विज्ञप्तीमा भनिएको छ,'विरामीको उपचारका क्रममा मृत्यु हुने घटनालाई अतिरञ्जित गरी लापरवाहीका कारण भनी स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुमाथी नै सांघातिक आक्रमण गर्ने जस्ता घटनाको जति भत्र्सना गरे पनि कमै हुन्छ,चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो क्षमता, योग्यता र अनुभवको आधारमा अधिकतम प्रयास गर्दा गर्दै पनि मृत्युलाई रोक्न सक्ने आदित्य क्षमता नहुने व्यहोरा स्मरण गराउँदै यस घटनाका दोषीहरुको छानबिन गरी कानूनी कारवाही गर्न स्थानीय सुरक्षा निकाय समक्ष यस संघ जोडदार माग गर्दछ।'  
 
त्यस्तै संघले स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि पहिलो संसोधन ऐन २०७८ अध्यादेशको रुपमा संसोधन भई ऐनको रुपमा आउने क्रममा संसदमा रहेको अवस्थामा दोषीलाई कानुन बमोजिम कडा कारवाही गर्न माग गरेको छ । 

नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सोमबार राती सुत्केरी भएपछि आफन्तहरुले अस्पताल तोडफोड गर्नुका साथै चिकित्सकमाथी आक्रमणको प्रयास गरेका थिए । 

 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts