योग मानव जीवनका लागि किन महत्त्वपूर्ण छ ? यो भन्छन् डा.ठाकुर

What's This?


Download our app to get more features

आज ७ औं राष्ट्रिय योग दिवस मनाइँदै । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने मुल नाराका साथ योग दिवस मनाइरहँदा नेपालमा पछिल्लो समय योगप्रति सबैको चाँसो पनि बढ्न थालेको छ । शरीर स्वस्थ राख्नका लागि योग अपरिहार्य बन्दै गएको छ । हुन त योग सदियौंदेखि गरिने एक व्यायाम मात्रै नभएर यसले मानवको जीवनलाई नै व्यवस्थित बनाउने र हरेक रोगव्याधीबाट जोगाउनमा उपयोगी मानिन्छ ।

योगको मानव जीवनमा महत्त्व के छ ? योग गरेमा कस्ता फाइदा हुन्छन् ? लगायतका विषयमा आयुर्वेद विभाग अन्तर्गत जडीबुटी औषधि एवं अनुसन्धान महाशाखाका प्रमुख कल्सटेन्ट विशेषज्ञ डा. सन्तोष कुमार ठाकुरसँग गरिएको कुराकानीः

योग भन्नाले के बुझ्ने ?
योगलाई गीतामा भगवान कृष्णले भनेका छन्, ‘योग करुप कर्मसुप क्योसलम’, पतञ्जलिले भनेको छ, ‘योगसचित वृतिनिरोध भन्नाले योगले मनका जुन वृतिहरू छन् । ज्ञानेन्द्रिय र कमेन्द्रियहरूरुको जुन वृतिहरू छन्, त्यसलाई नियमन गर्दछ ।’ 

अर्को अर्थमा शरीरसँग मनलाई जोड्नु, आत्मासँग परमात्मा जोड्नु नै योग हो । योगका ८ वडा अङ्गहरू छन् । ती हुन्ः यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण हठ, हयान, समाधि । यसमा मनको सुद्धी कसरी गर्ने, कस्तो आहार ग्रहण गर्ने जस्ता कुराहरू पर्छन् । 

योग किन गर्ने ?
हामीले दौड्ने, उफ्रने र विभिन्न आसनहरू गर्ने कुराहरूलाई मात्रै योग भनेर बुझेका छौं । त्यो भन्दा बढी आसन एउटा योगको अङ्ग हो । त्यसबाट हामी शारीरिक रुपमा स्वस्थ रहन्छौं भन्ने धारणालाई बुझ्नुपर्छ । जुन मानिसको मन र मानसिक अवस्थासँग सम्बन्धित हुन्छ । 

यदि हामीले योगका नियमहरू पालना गर्र्यौैंं, योगको आसनहरू गर्यौंं भने अहिले देखिएको शारिरीक रोगहरूबाट बच्न सक्छौं र नसर्ने रोगहरूलाई कम गर्न सक्छौं । हाम्रो जुन जीवनशैली छ, हतार मानसिकता छ, हामी स्थिर बस्न नसकिरहेको अवस्था छ, योगले यी अवस्थालाई नियमन गर्छ । 

योग मानसिक अवस्थासँग सम्बन्धित रहेकोले यसको प्रभाव नीजि क्षेत्रमा, सरकारी क्षेत्रमा, शुसानको क्षेत्रमा, नैतिक क्षेत्रमा, सदाचारिताको क्षेत्रमा मानिसहरूलाई अग्रसर बनाउछ । मानिसहरूको रिस, राग, लोभ, ईष्या, बैराग यी सबै कुरालाई योगको माध्यमबाट न्यूनिकरण गर्न सकिन्छ । 

योगले शरीर सुद्धि, मनोसुद्धि दुबै हुने भएकाले स्वास्थ्य क्षेत्र मात्र नभएर राजनीतिक क्षेत्र, शुसासनको क्षेत्र, नीजि क्षेत्रहरूका लागि र सबै व्यक्तिहरूका लागि उपयोगी हुँदै गएको छ । 

शरीरमा देखिएको रोगलाई योगले कसरी कम गर्छ ?
योग एउटा सामान्य हुन्छ भने अर्को थेरापिष्टिक हुन्छ । थेरापिष्टिक योग रोग विशेष हुन्छ । रोग लाग्न नदिनका लागि पनि योग गरिन्छ । 

विभिन्न अनुसन्धानहरूले योगका आसनहरू गर्दा रोग लाग्न नदिँने र लागेको रोगलाई कम गर्ने प्रमाणित गरिसकेको छ । 

सामान्य योग जसले स्वस्थ्य राख्न सक्छ । जस्तै ः प्राणायमहरू हुन् र अर्को थेरापिष्टिक योगे आसनहरू गर्दा रोगहरू कम हुने गर्दछ । 

एउटा व्यक्तिले स्वस्थ्य जीवनशैली जीउनका लागि कस्ता खानेकुरा खानुपर्छ ?
हामीले ऋतु अनुसार के आचरण गर्ने के आचरण नगर्ने भन्ने हुन्छ । त्यसैले एकै शब्दमा के खान हुने नहुँने कुराहरूको बारेमा भन्न सकिँदैन । 

आयुर्वेदमा ६ वटा ऋतुहरू हुने व्यवस्था छ । आयुर्वेदले भन्छ, ‘बिहान उठेदेखि बेलुका नसुतेसम्म के  खाने के नखाने भन्ने कुरा त्यहि ऋतुहरू अनुसार गर्नुपर्दछ ।’ 

त्यसैले हामीले ऋतु अनुसार खाने कुराहरू खाने गर्नुपर्दछ । हामीले खानसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रकाशन गरेका छौं । 

घरमै योगको कुन–कुन विधि गर्न सकिन्छ ?
घरमा बसेर योगको प्राणायाम गर्न सकिन्छ । प्राणायाम एकदम सजिलो छ । यसमा श्वास रोक्ने, छोड्ने र फाल्ने गनुपर्दछ । 

यदि हामीले प्राणायाम मात्र पनि गर्न सक्यौं भने स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ ।
 

Last modified on 2022-01-16 10:15:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts