सरकारले २५ नेपाली औषधि उत्पादकसँग माग्यो सिटामोलको विवरण



Download our app to get more features

काठमाडौं,६ माघ । सरकारले २५ वटा औषधि उत्पादकसँग सिटामोल (प्यारासिटामोल)को विवरण माग गरेको छ ।

औषधि व्यवस्था विभागले बुधबार एक सुचना जारी गर्दै २५ वटा औषधि उत्पादकसँग सिटामोलको विवरण माग गरेको हो । 

सुचनामा सिटामोलको कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल र तयारी अवस्थाको सिटामोलको वितरणको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन भनिएको छ ।

 

Last modified on 2022-01-20 17:35:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts