स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि टेकु अस्पतालमा खोप अभियान स्थगित



Download our app to get more features

काठमाडौं,९ माघ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप अभियान स्थगित भएको छ ।

अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै खोप अभियान स्थगित भएको जनाएको हो । 

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि  खोप अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ । 

विज्ञप्तिमा भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

Last modified on 2022-01-23 16:51:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts