यस्ता लक्षण देखिनु पक्षघातको सङ्केत



Download our app to get more features

पक्षघातका कारण कम उमेरमै धेरैको ज्यान गइरहेको छ । कलिलो उमेरका मानिसमा किन हुन्छ पक्षघात र यसबाट बच्न के सावधानी अपनाउने भन्ने विषयमा शल्यचिकित्सक डा. अभिषेक चतुर्वेदीसँगको कुराकानीको अंश:–

पक्षघात भनेको के हो ?

मस्तिष्कको रक्तनलीमा रगत जम्दा वा मुटु लगायतका भागमा जमेको रगत घुम्दै मस्तिष्कमा पुग्दा रक्तनली जाम हुन्छ । त्यसपछि त्यो भाग भन्दा पछाडी रगत र आवश्यक पोषण तत्व जान पाउँदैन र कोषहरु मर्न थाल्छ । 

साथै चोटपटक वा उच्चरक्तचाप, वंशाणुगत गुण आदि कारणले मस्तिष्कको नसा फुटेर बाहिर आउँछ जसले गर्दा त्यहाँ भन्दा पछाडिको भागमा रगत र आवश्यक पोषणहरु जान पाउदैन र त्यहाँका नसाहरु सुक्छन् र काम गर्न छाड्छन् यसैलाई पक्षघात भनिन्छ ।  

पक्षघातका कारण:

पक्षघात हुनु भन्दा ६ महिना वर्षदिन अघि नै लक्षण देखिन्छन् । तर, कोही व्यक्तिमा एक्कासी बेहोस हुने, मुर्छा पर्ने समेत हुनसक्छ । यद्यपि, निम्न कारणले पक्षघात हुने सम्भावना उच्च रहन्छ ।      

विभिन्न कारणले मस्तिष्कमा आवश्यक मात्रामा रगत नपुग्नु ।      

मस्तिष्कमा चोटपटक लाग्नु ।     

वंशाणुगत गुण ।     

उच्च रक्तचाप ।     

मधुमेह ।     

कोलेस्ट्रोल ।   

बढी तनाव ।     

बढी तौल ।      

विलासी जीवनशैली ।     

अस्वस्थ खानपान ।   

धुमपान तथा मध्यपान । 

पक्षघातका लक्षणहरु :     

कुनै एक अंगले काम नगर्नु ।    

कहिले काही मुख बाँगिने ।    

बोल्न अप्ठ्यारो हुने ।  

दिमागले काम नगर्ने ।     

हात खुट्टा लुलो, लाटो हुने ।   

मुर्छा पर्नु ।     

छारेरोग लागे जस्तो लक्षण देखिनु ।     

टाउको दुख्नु ।      

हिँड्डुल गर्न गाह्रो हुनु । 

पक्षघात कुन उमेर समुहका मानिसमा बढी देखिन्छ ?

यो बच्चादेखि वृद्धवृद्धा जुनसुकै उमेर समूहका मानिसमा देखिन सक्छ । तर, बढीजसो उल्कदो उमेरका वा ४०–४५ कटेका मानिसमा देखिन्छ । साथै मोटोपना बढी भएका, उच्चरक्तचाप मधुमेह, मुटुरोग, तनाव बढी भएका मानिसमा देखिने सम्भावना बढी हुन्छ ।   

पक्षघातबाट बच्न के गर्ने ?    

परिवारमा कसैलाई पक्षघात भएको छ भने समय समयमा स्वास्थ परीक्षण गराउनु पर्छ ।      

माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउने ।      

रक्तचाप, मधुमेह, कोलेस्ट्रोल नियन्त्रणमा राख्ने ।    

तनाव कम गर्ने ।    

तौल नियन्त्रणमा राख्ने ।     

धुमपान तथा मध्यपान नगर्ने ।     

नियमित व्यायम गर्ने ।     

स्वस्थकर खानपानमा ध्यान दिने ।

पक्षघात भए पनि बेलैमा यसको सही उपचार भयो भने निको हुन्छ । तर अन्य रोगका लक्षण जस्तै छ भनेर हेलचक्राई गर्यो भने वा ढिला गरि उपचार गरेमा यसले ज्यान लिन सक्छ ।

Last modified on 2022-01-27 14:35:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts