नेपालमा आत्महत्या गर्नेको सङ्ख्या डरलाग्दो तरिकाले बढ्दै,रोकथामका लागि के गर्दैछ सरकार ?

What's This?


Download our app to get more features

काठमाडौं,१४ माघ । आत्महत्या रोगथाम विश्वभरी नै एउटा चुनौतिको रुपमा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष करिब ८ लाख मानिसले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन् । अर्थात् प्रत्येक ४० सेकेण्डमा एकजनाले आत्महत्या गरिरहेको छ । 

सङ्गठनका अनुसार विश्वभरी १५ देखि २९ वर्ष उमेर समूहमा आत्महत्याका कारण मृत्यु हुने दोस्रो प्रमुख कारण हो भने नेपालमा प्रजनन् उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको पाइएको छ । 

नेपालमा दैनिक १८ देखि १९ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ । यो सङ्ख्यालाई नै आधार मान्ने हो भने नेपालमा वर्षेनि आत्महत्या गर्नेको सङ्ख्या १ हजारका दरले बढ्दै गरेको छ । 

वर्षेनि आत्महत्या बढ्नुमा आम सर्वसाधारणले सिमित मानसिक स्वास्थ्य सहयोग पाउने अवस्था रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  

नेपालमा कोरोनाभाइरसको महामारी देखा परे यता विगतको तुलनामा उल्लेख्य रूपमा आत्महत्याका घटनाहरूमा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ ।

आत्महत्या गर्नेहरूमा ८० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको तथ्याङ्कले देखाउँछ । तर, नेपाली समाजमा भने त्यहि मानसिक स्वास्थ्यको बारेमा राम्रोसँग छलफल हुँदैन । 

यस्तो छ प्रहरीमा आत्महत्या गर्नेको तथ्याङ्क :

नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार १ सय ७४ महिला छन् भने २ हजार ७ सय ५३ महिला छन् । 

त्यसैगरी २०७४/७५ मा ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका छन् । जसमा ७ सय १५ महिला छन् भने ७ सय ६ पुरुष रहेका छन् । 

आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ७ सय ५६ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार २ सय ५ महिला रहेका छन् भने ३ हजार १ सय २३ महिला रहेका छन् । 

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २ सय १४ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार १ सय ८४ महिला छन् भने ३ हजार ४ सय ७ पुरुष रहेका छन् । 

आर्थिक वर्ष २०७७/७८ मा ६ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार ४ सय ४९ महिला छन भने ३ हजार ९ सय २८ पुरुष रहेका छन । 

के भन्छन् मनोचिकित्सक ?

केन्द्रिय मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डा.बासु कार्की नेपालमा आत्महत्या बढेको स्वीकार्छन् । मानसिक स्वास्थ्यलाई हेलचेक्राइँ गर्दा आत्महत्या जस्तो दुर्घटना हुने गरेको उनको भनाइ छ । 

कार्की भन्छन्, ‘आत्महत्या एउटै कारणले हुँदैन । यसका बहुअयामीक कारणहरू हुन सक्छन् । ९० प्रतिशत आत्महत्याको कारण मानसिक स्वस्थ्य समस्या र तिनीहरूको समयमा पहिचान हुन नसक्नु हो ।’ 

९० प्रतिशत भित्रमा पनि ८० प्रतिशत उदासीनता र बाँकी १० प्रतिशत लागुऔषध र मदिराजन्य पदार्थको सेवनबाट हुने गरेको उनी बताउँछन् ।

के गर्दै छ सरकार ?

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणिन्द्र बराल आत्महत्या गर्ने सङ्ख्या डरलाग्दो रहेको बताउँछन् । 

उनी भन्छन्, ‘नेपालमा आत्महत्या गर्नुको ८० प्रतिशत कारण मानसिक अस्वस्थ्ता हो । त्यसमा डिप्रेसन प्रमुख तत्व हो । अन्यमा गरिबी, रोजगारी, लागुऔषको प्रयोग, मान्छेहरूको स्वभाव सामाजिक लाञ्छना आदी हुन् ।’ 

मानसिक स्वास्थ्यसँग सम्बन्धित सचेतना नभएसम्म आत्महत्या कम नहुँने उनी बताउँछन् । 

उनले मानसिक स्वास्थ्य सबै नागरिकको पहुँचमा पुर्याउन राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ बनाएको र त्यसमा आत्महत्या कसरी कम गर्न सकिन्छ भन्ने कुराहरू समेटिएको बताए । 

तर, मुख्य भनेको समाजमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको पहिचान गर्ने, उनीहरूको समयमा उपचार गर्ने काम मात्रै गरयौं भने पनि आत्महत्या कम गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै अहिले स्वास्थ्यकर्मीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिमहरू दिइरहेका र त्यसले समाजमा मानसिक स्वास्थ्यसँग सम्बन्धित सचेतना फैलाउन मद्दत गर्ने उनले बताए ।

आत्महत्या रोक्न कसले के भूमिका निर्वाह गर्ने ?

मनोपरामर्शदाता पशुपति महतले आत्महत्या रोक्नका लागि सबैले आ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपरे बताए ।

उनले मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएकाले बढी आत्महत्या गर्ने भएकाले घर परिवारका सदस्यले यदि परिवारमा कसैलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या देखिए उसलाई एक्दै नछोड्ने, एक्लै बस्न थालेको छ भने उसलाई व्यस्त राख्ने काम गर्ने, मनोपरामर्शदातासँग सल्लाह लिने र दिलाउने काम गर्नुपर्ने सुझाव दिए ।

उनले परिवार र साथीभाइ चनाखो भए आत्महत्या गर्ने व्यक्तिहरूलाई सुरुमा नै सहयोग दिने ठाउँहरूसम्म पु¥याउन सकिने पनि बताए ।

महतले देशभर मनोचिकित्सकको सङ्ख्या देशभर लगभग २ सयको हाराहारीमा रहे पनि सरकारी अस्पतालहरूमा जम्मा एक दर्जनले सेवा दिइरहेको र ठूलो सङ्ख्यामा दरबन्दीहरू थप्नुपर्ने पनि बताए ।

Last modified on 2022-01-28 16:15:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts