प्रयोगशाला बाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं,१६ माघ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला बाहिर गरिएको कोरोना परीक्षणको विवरण पठाउन आग्रह गरेको छ ।

मन्त्रालयले विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै विवरण पठाउन आग्रह गरेको हो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले निकालेको अपिलमा  प्रयोगशाला बाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या भएकोले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउन भनिएको छ । 

Last modified on 2022-01-30 16:49:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts