निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई आईसीयू बेड हस्तान्तरण



Download our app to get more features

काठमाडौं,१७ माघ । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई आईसीयू बेड हस्तान्तरण गरेको छ ।

मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानले अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो । 

प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताए ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताए । 

हस्तान्तरण कार्यक्रममा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको सहभागीता थियो ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts