चितवनमा भोलिदेखि १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई कोभिडविरुद्ध मोडर्ना खोप लगाइँदै 



Download our app to get more features

चितवन, २२ माघ । चितवनमा भोलिदेखि अमेरिकी कम्पनी मोडर्नाको कोरोनाविरुद्धको खोप सञ्चालन हुँदैछ  । 

माघ २३ गते आइतवारदेखि जिल्लाभर विभिन्न केन्द्रबाट १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका भित्र माघ २३ देखि २८ गतेसम्म तोकिएको समयमा सञ्चालन हुने छ भने अन्य स्थानीय तहले आ–आफ्नो तालिका बनाएर २३ देखि २७ गतेसम्म खोप सञ्चालन हुँदैछ । 

१२ देखि १७ वर्षसम्मका किशोरकिशोरीले आफ्नो घरपायक पर्ने खोप केन्द्र (स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी) मा पुगेर खोप लगाउन सक्ने कार्यालयले जनाएको छ । यो समूहमा अधिकांश विद्यालयस्तरका किशोरकिशोरीहरू छन् । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य लैजानु पर्नेछ । 

खोप लगाउन जाँदा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू राम्रोसँग पालना गर्न समेत स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।

Last modified on 2022-02-06 06:59:54

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts