६ जिल्ला र १ सय ९ स्थानीय तहलाई खोप मौज्दातको बिवरण बुझाउन मन्त्रालयको निर्देशन 



Download our app to get more features

काठमाडौं,२४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ जिल्ला र १ सय ९ स्थानीय तहलाई खोप मौज्दातको बिवरण बुझाउन निर्देशन दिएको छ । 

सोमबार मन्त्रालयले सूचना जारी गर्दै ६ जिल्ला र १ सय ९ स्थानीय तहलाई  कोरोनाविरुद्वको खोपको मौज्दात अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको हो । 

कोरोनाविरुद्वको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकको निर्णय अनुसार कोरोनाविरुद्वको खोप मौज्दात र कोरोना खोप लगाएका सबै व्यक्तिहरुको विवरण २०६८ माघ २१ गतेसम्म अनिवार्य प्रविष्ट गर्नु भनिएकोमा ६ जिल्ला र १ सय ९ स्थानीय तह बाकीँ रहेकोले अनिवार्य प्रविष्ट गर्न सूचनामा भनिएको छ । 

त्यस्तै सबै स्थानिय तहहरुले २०६८ माघ २१ गतेसम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणबश क्षती भइ प्रयोग गर्न नमिल्ने खोपको मात्राको बिवरण २०६८ माघ २६ गते भित्रमा प्रविष्ट गर्न समेत ममन्त्रालयले आग्रह गरेको छ । 

 

Last modified on 2022-02-08 12:07:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts