के हो अटिजम ? कसरी पहिचान गर्न सकिन्छ ?



Download our app to get more features

काठमाडौं,२ फागुन । अटिजम जन्मजात आउने एक मानसिक तथा बौद्धिक अवस्था हो जसबाट प्रभावित बालबालिका एवं व्यक्तिहरुको नशा र तन्तुको विकासको क्रममा भएको असन्तुलनले मस्तिष्कको स्वभाविक विकासमा अवरोध उत्पन्न हुन्छ ।

यस्तो अवस्थाबाट प्रभावित बालबालिका र व्यक्तिहरु अन्य सामान्य व्यक्ति सरह बोलचाल गर्ने, घुलमिल हुने, दैनिक जिवनका सामान्य समेत कार्य गर्न असक्षम भई अरुको सहायतामा जिवनयापन गर्न बाध्य हुन्छन् ।अटिजमलाई नयूरो डेभलपमेन्ट अपाङ्गता भनिन्छ । 

यो बच्चा जन्मेको १४ महिनादेखि ३ वर्षको उमेर भित्र सम्म पहिचान गर्न सकिन्छ । र यो जीवनभर रहन्छ । अटिजम एउटा जटिल प्रकारको अपाङ्गता हो । किनभने यो शारिरीक रुपमा देखिंदैन । अटिजम भएका हरेक व्यक्ति फरक फरक हुन्छन् । त्यसैले यसलाई अटिजम स्प्रेक्टम डिसअर्डर पनि भनिन्छ ।अटिजम रोग होईन र यसलाई निको पार्न ठोस औषधी पनि छैन । 

अटिजम भएका व्यक्तिहरुलाई आवश्यक पर्ने मुख्य सहयोग भनेकै शिक्षा र थेरापी हो । थेरापीले सन्चारको बिचलन, सामाजिक शिप दोहोर्याएर गर्ने व्यवहारलाई सुधार गर्न टेवा पुर्याउँछ ।

अटिजम स्प्रेक्टम भएका व्यक्तिहरुले उनीहरुबाट के अपेक्षा गरिन्छ भनेर निश्चित निर्देशन चाहिन्छ र उनीहरुले संधै गर्नुपर्ने कुराको तालिका पनि चाहिन सक्छ । अटिजम भएका बाबुनानीहरुको नतिजामा सुधार ल्याउनको लागि अभिभावक तथा प्रशिक्षकहरुले उनीहरुको व्यक्तिगत विशेषताहरुको ख्याल गर्नुपर्दछ ।

अटिजम भएका व्यक्तिलाई फरक फरक खालको दृष्यात्मक सहयोग आवश्यक पर्छ । अटिजम भएका बालबालिकाहरुलाई जति सक्दो सानो उमेरमा आवश्यकता अनुसार शिक्षा र थेरापी प्रदान गर्न सकियो त्यति नै उनीहरुमा भाषा, बौद्धिक क्षमता, सामाजिक सिप जस्ता पक्षहरुको विकासमा ठूलो सहयोग पुग्छ ।

Last modified on 2022-02-14 13:05:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts