प्री डायबिटिजको लक्षण समयमै पहिचान नगरे गम्भीर समस्या



Download our app to get more features

मधुमेह एक यस्तो रोग हो जसबाट हरेक घरका कोही न कोही ग्रसित छन् । मौनघातक रोगको रुपमा समेत चिनिने मधुमेहका कारण विश्वका ५३ करोड ७ लाख मानिसहरू प्रभावित छन् । यो सङ्ख्या सन् २०३० सम्म ६ ४ करोड ३ लाख पुग्ने र सन् २०४५ सम्म ७८ करोड ३ लाख पुग्ने आँकलन विश्व स्वास्थ्य सङ्गठनको छ ।

अव्यवस्थित खानपान र जीवनशैलीका कारण मधुमेह हुने गर्छ । प्यानक्रियाज वा अग्नाशयमा इन्सुलिन नामक हार्मोन उत्पादन हुन्छ । इन्सुलिनले कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । प्यानक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा मधुमेह रोग लाग्ने गर्छ । 

सामान्यतया रगतमा चिनीको मात्रा बढी भएमा मधुमेह रोग लाग्ने हुन्छ । विश्वमै दीर्घ रोगले चिनिएको मधुुमेह एकपटक लागिसकेपछि पूर्ण रुपमा निको हुँदैन । यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ । त्यसैले यो रोग लाग्नु भन्दा पहिले रोग लाग्नै नदिनुमा ध्यान दिनु पर्छ ।

मधुमेह एउटा मौन घातक रोग हो । जसले लक्षण नै नदेखाई शरीरमा विभिन्न रोगहरू निम्त्याउने काम गर्छ । जसले गर्दा मानिसलाई आफू स्वस्थ भएको अनुभव हुँदा पनि मधुमेहले उच्च रक्तचाप, पक्षघात, मिर्गौलामा समस्या लगायतका रोगहरू हुन सक्छ । यो एक प्रकारको वंशानुगत रोेग पनि हो । जसले हाम्रो शरीरमा ग्लुकोजको मात्रालाई बढाउँछ र शरीरमा नकारात्मक असर पर्न जान्छ ।  

मधुमेहका विभिन्न चरणहरू हुन्छन् । तीनै मध्यको एक हो प्री डायबिटिज । यो एक यस्तो चरण हो जुन मानिसको लागि निकै नै खतरनाक मानिएको छ । प्री डायबिटिज भनेको रगतमा यस्तो अवस्था हो जब ग्लुकोजको मात्रा सामान्यबाट अधिक हुन्छ तर, डायबिटिजको सीमासम्म पुग्दैन । बदलिँदो जीवनशैली र बानी व्यवहारमा परिवर्तन नगरेर धेरै मानिसमा टाइप टु डायबिटिज हुने सम्भावना बढी हुन्छ । त्यसपछि यो रोगबाट छुट्कारा पाउन मुश्किल हुन थाल्छ । प्री डायबिटिजलाई नियन्त्रण गर्न सकिन्छ । तर, प्री डायबिटिज सँधै टाइप टु डायबिटिजको कारण भने बन्छ त्यो जरुरी हुँदैन । त्यसकारण प्री डायबिटिजबाट जोगिन त्यसका लक्षणलाई समयमै पहिचान गर्न आवश्यक हुन्छ । 

प्री डायबिटिजका लक्षणहरूः

  • तौल कम गर्नमा समस्या हुनु 
  • पेटको बोसो बढ्नु 
  • एनर्जी लेभल कम हुनु
  • शरीर र टाउको दुख्नु
  • महिलाको हार्मोनमा परिवर्तन हुनु
  • स्किन पिगमेन्टेशन
  • गुलियो खान मन गर्नु

प्री डायबिटिजबाट जोगिने उपायः
अत्यधिक मात्रामा पानीको सेवनः शरीरलाई सँधै हाइड्रेट राख्नुपर्छ र अधिक मात्रामा पानीको सेवन गर्नुपर्छ । साथै तपाईंको स्वास्थ्यका लागि पनि अत्यधिक पानी पिउनु फाइदाजनक हुन्छ । पानीको मात्रा शरीरमा बढी भएमा त्यसले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रणमा राख्ने काम गर्छ ।

कालो कफीको सेवनः प्रायः मानिसलाई क्रिम र चिनी भएको कफी पिउन मन पर्छ । यस अवस्थामा कालो कफीको सेवनले प्री डायबिटिजलाई नियन्त्रण गर्न मद्दत गर्छ । साथै कालो कफीको सेवनले तौल पनि सन्तुलनमा रहन्छ र यसले तपाईंको शरीरमा रहेको अनावश्यक क्यालोरी पनि प्रवेश गर्न पाउँदैन ।

एप्पल साइड भिनेगरः आफ्नो व्यायामलाई निरन्तरता दिनुका साथै डाइटमा एप्पल साइड भिनेगर समावेश गर्नु फाइदाजनक हुन्छ । खाना खाइसके पछि एप्पल साइड भिनेगरको सेवन गर्नाले रगतमा ग्लुकोजको मात्रालाई बढ्न दिँदैन ।      

हामीले यदि समयमै प्री डायबिटिजको पहिचान गर्न सकेनौं भने उच्च रक्तचाप, पक्षघात, मिर्गौला सम्बन्धी समस्या, स्नायूमा नोक्सानी लगायतका समस्या हुन्छ । 
 

 

(अमेरिकाको मायो क्लिनिकमा आधारित)

Last modified on 2022-02-21 10:23:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts