ओमिक्रोनको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु हुँदैनः डा.फिलिप

भिडियोसहित



Download our app to get more features

सार्स सीओभी टु अर्थात् सन् २०१९ मा फेला परेको कोरोना भाइरसको स्वरुप हो । यो दुई वर्षको अवधिमा कोरोना भाइरसका विभिन्न प्रजाति र स्वरुप फेला परिसकेका छन् । सुरुमा गम्भीर त्यसपछिको स्वरुप थप गम्भीर र जटिल गराउने थियो । तर, पछिल्लो समय फेला परेको ओमिक्रोन र ओमिक्रोन टुले मानिसको मृत्यु कम गराएपछि मानिसमा अलि डर कम देखिएको छ । कारण, यसले घाँटीमा सङ्क्रमण गराउने हुँदा मानिसको ज्यानलाई जोखिम कम देखियो । 

कोरोना भाइरसको उत्परिवर्तित स्वरुप ओमिक्रोन भेरियन्टको लक्षण र मौसमी फ्लूहरूको लक्षण धेरैजसो मिल्दोजुल्दो छ । त्यसकारण मानिसहरू झुक्किने गर्छन् वा भनौ सामान्य हो भनेर पिसिआर परीक्षण गराउन जाँदैनन् ।

कोरोनाको तेस्रो चरणको लहर सुरु हुने प्रमुख कारण नै ओमिक्रोन बन्यो । ओमिक्रोनले सङ्क्रमित गराउँदा घाँटी खसखस हुने, खोकी लाग्ने, रुघा लाग्ने, नाकबाट सिगान बग्ने, आँखा पोल्ने, टाउको दुख्ने, छाती भारी भएको जस्तो हुने र जीउ पूरै भारी हुने, दुख्ने आदि हुने गर्दछ । यस्ता लक्षणहरू मौसमी फ्लूहरूको देखिँदा पनि हुने गर्दछ । तर, ओमिक्रोन सङ्क्रमण हुँदा ज्वरो आउँदैन भने मौसमी फ्लूहरूमा ज्वरो आउने हुन्छ । मौसमी फ्लूहरूको २ देखि ३ दिनभित्रमा ठिक हुँदै जान्छ र ओमिक्रोन ४ देखि ५ दिनभित्रमा ठिक हुने गर्दछ । 

ओमिक्रोन सङ्क्रमण कोरोनाविरुद्वको खोप लगाएकाहरूलाई पनि देखिन्छ । त्यसैले सबैले स्वास्थ्य मापदण्डका नियमहरू अपनाउन आवश्यक छ । नेपालमा १२ वर्षमुनिका बालबालिकाहरुले कोरोनाविरुद्वको खोप नलगाएको अवस्था छ । त्यसैले ती बालबालिकाहरूलाई ओमिक्रोनबाट बचाँउन हामी सबैले ध्यान दिनुपर्ने हुन्छ । 

दीर्घरोगका बिरामीहरूलाई ओमिक्रोन सङ्क्रमणले अलि गाह्रो बनाउने गर्दछ । त्यसैले त्यस्ता व्यक्तिहरुलाई धेरै ख्याल गर्नुपर्ने हुन्छ । 

कोरोना भाइरसले फोक्सोलाई असर गरेपनि ओमिक्रोन भेरियन्टले भने फोक्सोमा असर नगरेको देखिन्छ । यसले धेरै मात्रामा घाँटि खसखस गराउने र जीउ दुखाउने मात्र गरेको देखिन्छ । 

ओमिक्रोन सङ्क्रमणबाट बच्नका लागि हामीले स्वास्थ्य मापदण्ड पालना गर्ने, घरमा दिर्घरोगीहरू छन् भने उनीहरूबाट टाढै बस्ने, जङुक फूड भन्दापनि पौष्टक खानाहरू, भिटामीन सी पाइने खानेकुराहरू खाने गर्नुपर्दछ ।

भिडियोमा हेरौंः

Last modified on 2022-02-22 16:11:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts