नेपालमा कोरोना सङ्क्रमणको दर घट्नुको कारण के हो ? यसो भन्छिन् डा.शर्मा



Download our app to get more features

गत पुसको दोस्रो साताबाट नेपालमा कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भयो । झन्डै १२ हजार नयाँ सङ्क्रमित थपिएको तेस्रो चरणको लहर पछिल्लो २ सातादेखि साम्य हुँदै गएको छ । गत साताको तुलनामा यो साता आरटी पिसिआर विधिबाट गरिने परीषणमा सङ्क्रमणदर ४ प्रतिशतमा झरिसकेको छ भने एन्टिजेन विधिबाट हुने परीक्षणमा सङ्क्रमणदर ७ प्रतिशतमा झरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्यामा कमी आएपनि जोखिम भने अझै कायमै रहेको छ । तर, घट्दै गएको कोरोना सङ्क्रमणदरले भने मानिसलाई राहत महसुस गराएको छ । 

कोरोनाको तेस्रो चरणको लहर सुरु भएपछि सङ्क्रमणदर ५७ प्रतिशत पुगेको थियो । तर, हाल त्यो दरपनि कम हुँदै गएको सरकारकै तथ्याङ्कले देखाउँछ । दैनिक ५ देखि १२ हजारसम्म सङ्क्रमित थपिने गरेकोमा ह्वात्तै सङ्क्रमित थपिने सङ्ख्यामा कमी आउँदा सरकारले तथ्याङ्क लुकायो भनेर पनि बेला बेला सुन्ने गरिन्छ । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी वरिष्ठ भाइरोलोजिस्ट डा. मनिसा शर्माका अनुसार समुदायस्तरमा सङ्क्रमण फैलिएको हो वा होइन भन्ने परीषण नभएका कारण सङ्क्रमित थपिनेको सङ्ख्यामा कमी आउने गरेको छ । 

डा.शमाले पछिल्लो समय देशभर रहेका १ सय ५ वटा प्रयोगशालाको परीषणको अवस्थालाई हेर्दा परीषण गराउन आउनेको सङ्ख्या घट्दै गएको र समुदायमा सरकारी स्तरबाट परीषण नहुनाले सङ्क्रमणदरमा कमी आएको बताइन् ।

उनले भनन्,ि ‘शुल्क तिरेर आरटी पिसिआर परीक्षण गर्न नचाहने धेरै छन् । २ चरणको लहरमध्ये तेस्रो चरणमा मानिसमा धेरै जटिलता र गम्भीरता नल्याएका कारण पनि मानिसहरूले सामान्य रुपमा लिने हुँदा परीक्षण गराउने सङ्ख्या घट्दा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या पनि घटेको हो ।’

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर पनि घरमै बस्ने र यो कोरोना नै हो भने जाँच नगराउने बानीले पनि सङ्क्रमणदर घटेको उनको भनाइ छ ।

डा. शर्माले कोरोना भाइरसको विभिन्न स्वरुप परिवर्तन भइरहेकाले र पछिल्लो समय देखिएको नयाँ स्वरुप खासै गम्भीर प्रकृतिको नभएका कारण मानिसहरूले हेलचेक्र्याइँ गरिरहेको बताइन् । 

उनले कोरोना सङ्क्रमणको दरमा कमी आयो भन्दैमा जनस्वास्थ्यका मापदण्डा पालना गर्न भने छोड्न नहुने बताइन् ।

कोरोना भाइरसको विभिन्न स्वरुपमध्ये हाल देखिएको कोरोनाको ओमिक्रोन भेरिएन्टले मानिसको मृत्यु कम गराएपनि यसको थप नयाँ भरिएन्ट आउन सक्दो जोखिम कायमै रहेको छ । त्यसकारण आगामी दिनमा हामी तयार अवस्थामा रहनुपर्ने र कडाईका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनले आग्रह गरिन् ।

Last modified on 2022-02-23 10:33:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts