युरिक एसिड भएकालाई किन सताउँछ बाथले ?  



Download our app to get more features

धेरै नेपालीमा युरिक एसिडको समस्या छ । युरिक एसिडको बेलैमा उपचार नगरे यसबाट बाथ हुन्छ भन्ने जानकारी भने निकै कमैलाई मात्रै छ । युरिक एसिड त हो नी... भनेर लापरवाही गर्दा धेरै मानिस गम्भीर प्रकारको बाथ रोगी बनिरहेको बाथ रोग विशेषज्ञ डा. दीपा शाहको भनाइ छ । के हो युरिक एसीडबाट हुने बाथ ? यो हुने कारण, यसका लक्षण र बच्ने उपायबारे डा. शाहले दिएको सुझाव यस्ता छन् :

युरिक एसीडबाट हुने बाथ भनेको सामान्य किसिमको बाथ हो । बाथ देखिएका अधिकांश बिरामीमा युरिक एसिडकै कारणले बाथ भएको देखिन्छ । यो के युवा के वयस्क, के वृद्धा सबै उमेर समुहमा देखापर्छ ।  

अझ अहिलेको समयमा सबैजना घरमै छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण घरमै बसिरहँदा मानिसहरुहरुले अल्छि गर्ने र खानापानमा लापरबाही गर्दा युरिक एसिड बढ्न सक्ने सम्भावना हुन्छ । त्यसकारण यो बेला खानपान र व्यायाममा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।  

शरीरमा युरिक एसिड धेरै बढ्यो वा यसको चक्रअनुसार काम भएन भने   यसका (क्रिस्टल) नुन जस्तो जोर्नीमा जम्छ र युरिक एसीडबाट हुने बाथ देखापर्छ । कारण हाम्रो शरीरमा युरिक एसिडको मात्रा आवश्यक्ता भन्दा बढी भयो भने यसले बाथ लगायतका रोग देखा पर्छ । युरिक एसिड हुने मुख्य कारण भनेकै प्युरिन बढी भएका खाना खानु वा खानामा सन्तुलन कायम नगर्नु हो ।

युरिक एसिड व्यक्तिको शारीरिक अवस्था र रोगप्रतिरोधात्मक क्षमतामा भर पर्छ । तर सामान्यतया आम मानिसमा ६ मिलिग्राम प्रतिलिटर भन्दा कम हुनुपर्छ ।  युरिक एसिडबाट हुने बाथ वंशाणुगत कारणले पनि हुन सक्छ । 

लक्षणहरू:
खुट्टाको बुढी औंलाको जोर्नी दुख्ने ।  सुन्निने । 
जोर्नी आसपास रातो हुने ।
जोर्नीहरु दुख्ने । 
जोर्नी आसपास ससाना हड्डीका टुक्रा भेटिने ।
शरीर आलास्य हुने, दुख्ने ।

यस्ता खाना नखाने
सेतो काउली 
च्याउ 
रातो मासु,
छाला, भुटन, आन्द्रा 
पलुंगोको साग 
भटमासबाट बनेका खाने कुरा 
बियर  

बच्ने उपाय: 
पानी प्रशस्त पिउने ।
स्वस्थ खाना खाने ।
सक्रिय जीवनशैली अपनाउने । 
वर्षको कम्तीमा एक पटक स्वस्थ परीक्षण गराउने । 

युरिक एसीडबाट हुने बाथलाई सामान्य रुपमा लिनु हुँदैन् । यसको समयमै उपचार नगराए जोर्नीहरू चलाउन नसकिने, हिँडडुल गर्न गाह्रो हुने लगायका समस्या आई मानिसलाई अपाङ्ग बनाउन पनि सक्छ । यसर्थ युरिक एसिडबाट हुने बाथबाट बच्न जरुरी छ ।

Last modified on 2022-02-24 08:12:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts