जनकपुरधाम उपमहानगरको सबै वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गरिने



Download our app to get more features

जनकपुर,१२ फागुन ।  नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले नगरक्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ। 

नगरवासीको स्वास्थ अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ मा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको जनाएको छ।

विस्तार गर्न लागेको सहरी स्वास्थ्य केन्द्रका लागि भवन निर्माणको काम तीव्र रुपमा भइरहेको उपमहानगरपालिकाका इञ्जिनीयर राकेशकुमार यादवले जानकारी दिए। उनका अनुसार भ्याटसहित कूल रु चार करोड ४७ लाख २९ हजार ७२९ मा निर्माणाधीन ११ वटै वडाको स्वास्थ्य केन्द्र भवन निर्माणको काम करिब ६० प्रतिशत सकिएको र बाँकी काम भइरहेको छ। 

उपमहानगरपालिकाले सहरी स्वास्थ्य केन्द्र भवनको निर्माणका लागि बोलपत्रमार्फत २०७८ साल जेठ ५ गते रामजानकी निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरेको थियो। उपमहानगरपालिकासँग सम्झौता गरे लगत्तैबाट काम सुरु गरेको र कार्य सम्पन्न गर्ने अवधि आगामी २०७९ जेठ महिनाभित्रै भवन निर्माणको काम सम्पन्न गरिने रामजानकी निर्माण सेवा प्रालिले जनाएको छ। नगरको सबै वडामा स्वास्थ्य सेवा पु¥याउने नीति अनरुप नगरको २५ वटा वडामध्ये १४ वटामा यसअघि नै आफ्नो भवन र बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्मम्नप्रसाद उपाध्यायले जानकारी दिए।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts