गण्डकी प्रदेशले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने



Download our app to get more features

काठमाडौं,१८ फागुन । गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । 

बुधबार गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.श्रीराम तिवारी र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सचिव तिवारीले गण्डकी प्रदेश सरकारको चालु वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरिएको बताए ।

गण्डकी प्रदेशका महिलाहरुले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउनेछन् । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाहरुले यो सुविधा लिन पाउने प्रदेश सरकारले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts