विश्व मिर्गौला दिवस

 मिर्गौला प्रत्यारोपण भन्दा स्वस्थ राख्ने अभियानमा जोड दिन आवश्यक

What's This?


Download our app to get more features

आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाइदै छ । मिर्गौला दिवस मनाइरहँदा नेपालमा मिर्गौला रोगका बिरामी कति छन् भन्ने अधिकारीका तथ्यांक भने सरकारसँग छैन् ।

तर,नेपालमा प्रत्येक वर्ष ३ हजार मिर्गौलाका बिरामी थपिने गरेको चिकित्सकहरुको अनुमान गरेका छन् । चिकित्सकहरुका अनुसार नेपालमा दश जना मध्ये एक जनाको मिर्गौला नराम्रो हुने गर्दछ भने मिर्गौला नराम्रो भएका १ हजार जना मध्येमा १,२ जनामा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।  

भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म ८ सय १९ वटा मिर्गौला प्रत्यारोपण भएका छन् । त्यसमा मिर्गौला दान गर्नेमा ७२ प्रतिशत महिला छन् भने २८ प्रतिशत पुरुष रहेका छन् । त्यस्तै मिर्गौला ग्रहण गर्नेमा ७८ प्रतिशत पुरुष रहेका छन् भने २२ प्रतिशत महिला रहेका छन् । 

नेपालमा मिर्गौला बिग्रिएर प्रत्यारोपण गर्नुपर्ने बिरामीले मिर्गौला प्रत्यारोपण गर्न पालो कुनुपर्ने अवस्था रहेको अस्पतालहरुले जनाएका छन् । मिर्गौला दिवसको पूर्वशन्यामा त्रिवि शिक्षण अस्पतालले गरेको कार्यक्रममा मिर्गौला प्रत्यारोपणका लागि कानुनी प्रक्रिया पुरा गर्न १ सय २ जना लाइनमा रहेको बताएको छ । 

त्यस्तै मिर्गौला प्रत्यारोपणका लागि बिरामीले ६ महिनासम्म पालो नै कुनुपर्ने अवस्था रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)की डिन एवं मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाहले बताएकी थिइन् । 

उनले मिर्गौला प्रत्यारोपण गर्नेको संख्या न्यून भएपनि डायलाइसिस सेवा लिनेको संख्या धान्नै नसकिने गरी बढेको बताएकी थिइन् । यसले के देखाउछ भने नेपालमा मिर्गौला रोगको बिरामीहरु दैनीक बढ्दै गइरहेका छन् ।

कस्तो अवस्थामा गरिन्छ मिर्गौला प्रत्यारोपण ?

मिर्गौलाले ८० देखि ९० प्रतिशत काम गर्न छोडेपछि मिर्गौलामा समस्या देखिने गर्दछ । त्यसपछि मिर्गौला प्रत्यारोपण बहेकको कुनै विकल्प नरहेको मार्क इन्टरनेशन केन्द्रका डा. अर्चन शमशेर राणा बताउँछन् । 

उनी भन्छन्,मिर्गौला फेल भएपछिको उपचार भनेकै मिर्गौला प्रत्यारोपण हो । यसमा काम नगर्ने मिर्गौलालाई झिकेर नयाँ मिर्गौला हाल्ने गरिन्छ । मिर्गौला प्रत्यारोपण नहुनजेलसम्म डाइलासीस गर्न सकिन्छ । तर त्यहि नै अन्तिम विकल्प भने होइन् । 

मिर्गौला प्रत्यारोपण गर्ने अवस्थासम्म पुग्नुभन्दा स्वस्थ मिर्गौला राख्ने अभियानमा लाग्नुपर्नेमा उनको जोड छ । 

स्वस्थ मिर्गौला राख्ने अभियानमा जोड दिन आवश्यक

नेपालमा धेरै जतिले स्वास्थ्यमा ध्यान नराख्दा मिर्गौलामा समस्या देखिने गरेको राणा भन्छन् । वर्षेनी स्वास्थ्य चेकजाँच गरेमा यस्ता समस्यालाई अली कम गर्न सकिने उनको भनाइ छ ।

राणा भन्छन्,हाम्रो गाउघरका व्यक्तिहरुलाई थाहाँ नै छैन्,वर्षेनी स्वास्थ्य जाँच गर्नुपर्छ भनेर अनि शहरका हरुले थाहाँ भएर नी गर्नुहुँदैन । त्यसैले वर्षेनी आफ्नो सँगसँगै परिवारका सदस्यहरुको पनि स्वास्थ्य जाँच गर्न अनुरोध गर्दछु । 

मिर्गौला प्रत्यारोपणको अवस्थामा पुग्नु भन्दा पहिला त्यो अवस्थामा पुग्न नदिन ध्यान दिनुपर्ने उनी बताउँछन् । सरकारले केहि गदेर्ला भन्नु भन्दा पनि हरेक नागरिकले आफै सचेत हुनुपर्ने उनको भनाई छ । 

मिर्गौला बिग्रन नदिन के गर्ने ? 

मिर्गौला बिग्रन नदिन बिहान उठ्ने वित्तिकै पानी पिउने एकदिनमा ३ लिटरसम्म पिसाब लाग्ने गरी पानी खानुपर्ने राणा बताउँछन् । त्यस्तै हरेक दिन १० हजार पाइला हिड्ने, समयमा सुत्ने,बिहान समयमै उठ्ने बानी गर्नुपर्छ 

त्योसँगै धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने,मासु धेरै नखाने,उमेर बढ्दै गएपछि मासु नखाने,उमेर बढ्दै गएपछि दुध, दहि कम खाने मैदाको परिकारहरु सकेसम्म नखाने वा कम खाने, दाल, भात, तरकारी तथा सागसब्जी खाने,शरीरिक बयाम गर्ने,वर्षेनी स्वास्थ्य जाँच अदि गर्नुपर्ने उनी बताउँछन् । 


 

Last modified on 2022-03-11 10:54:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts