बिरामीको शरीरमा छिराएर रोगको उपचार गर्ने प्रक्रिया इन्टरभेन्सनल रेडियोलोजीबारे जानौं

भिडियोसहित



Download our app to get more features

रेडियोलोजिकल उपकरणहरूबाट सुक्ष्म तरिकाले छालामा सानो प्वाल बनाएर औजारहरू बिरामीको शरीरमा छिराएर रोगको उपचार गर्ने प्रक्रियालाई इन्टरभेन्सनल रेडियोलोजी भनिन्छ । योसँगै शल्यक्रिया गर्दा कुनै चिरफार नगरी सुक्ष्म प्वालबाट कुनै औजार शरीरभित्र प्रवेश गराउने विधिलाई नै इन्टरभेन्सनल रेडियोलोजी भनिन्छ । 

यो विधिबाट उपचार गर्दा कुनै एउटा मेशिनको साहायतामा कुनै औजार बिरामीको शरीरमा छिराउने र शरीरको कुनै पनि अङ्गमा लागेको रोगको छेउमा पुग्ने प्रयत्न गरिन्छ । 

यसको उपचार गर्ने आफ्नै तरीकाहरू हुन्छन् । जस्तै कुनै सानो निडलहरूको सायताबाट कुनै रेडियोलाजी मेशिनहरूको गाइडमा बिरामीको शरीरमा सिधै प्रवेश गरिन्छ भने त्यो एक किसिमको इन्टरभेन्सनल रेडियोलोजी हो । 

अर्को भास्कुलर इन्ट्ररभेन्सनल रेडियोलोजी हुन्छ । जसमा हाम्रो शरीरको कुनै पनि अङ्गमा रगत पठाउने नलीको साहायतामा औजारहरू छिराएर रोगको नजिक पुग्ने र त्यसको उपचार गर्ने गरिन्छ । 

भास्कुलर इन्टरभेन्सनल रेडियोलोजीको साहायताबाट उपचार गर्दा धेरै फाइदा हुने गर्दछ । यसमा बिरामीको चिरफार नगर्ने हुँदा बिरामीको चाडै निको हुने गर्दछन् । अर्को सानो भन्दा सानो प्वालबाट उपचार हुने हुँदा बिरामीहरूको ठुलो घाउँ नहुनाले इन्फेक्सन हुने सम्भावना कम हुन्छ । 

सानो, सामान्य खालको इन्टरभेन्सनल रेडियोलोजी उपचार गरेको दिनमा नै घर जान सक्छन् भने कुनै एक दुई दिनमा नै ठिक भएर जाने खालको पनि हुन्छन् । 

यो उपचार विधि विश्वमा नै नयाँ खालको छ । उपचारमा आवश्यक पर्ने उपकरणहरू महँगो हुने हुँदा यसको उपचारमा अलि धेरै खर्च लाग्ने हुन्छ । हामीले एउटा तार खुट्टाबाट हाले मस्तिस्कसम्म पुर्याएर उपचार गर्ने गरिन्छ । त्यो हिसाबले पनि यो उपचार विधि अलि महगो छ । अन्य देशको तुलनामा भने नेपालमा यस विधिबाट गरिने उपचार कमै हुन्छ । 

भास्कुलर इन्टरभेन्सनल रेडियोलोजीमा हामीले रगतको नलीको साहायतामा उपचार गर्ने गर्दछौं । नेपालका लागि भास्कुलर इन्ट्ररभेन्सनल रेडियोलोजी नयाँ हो । नेपालमा केही अस्पतालहरूले मात्र यसको सेवा दिइरहेका छन् । 

भास्कुलर इन्टरभेन्सनल रेडियोलोजी दुई अवस्थामा गर्ने गरिन्छ । एउटा रगतको नली बन्द हुने अथवा साघुरो भएमा रगतको नली खुलाउनका लागि भास्कुलर इन्टरभेन्सनल रेडियोलोजी गर्ने गरिन्छ । अर्को यदि रक्तनलीको एउटा भाग च्यातिएर धेरै रक्तश्राव हुने रोगहरू भएमा यसको प्रयोग गर्ने गरिन्छ । 

विशेषतः मष्तिकघात भएका व्यक्तिहरू यदि समयमा नै अस्पताल पुगेका छन् र त्यहाँ भास्कुलर इन्टरभेन्सनल रेडियोलोजिबाट उपचार गरिन्छ भने उनीहरूलाई प्यारालाइसीसबाट जोगाउन सकिन्छ । त्यस्तै रक्तनलीको भित्ताहरू फुटेर बढी रक्तश्राव भएमा पनि यो विधिबाट उपचार गर्न सकिन्छ ।

Last modified on 2022-03-15 16:33:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts