विश्व मुख स्वास्थ्य दिवस

दाँत र मुख स्वास्थ्यका बारेमा जान्नैपर्ने तथ्यहरु...



Download our app to get more features

आज विश्व मुख स्वास्थ्य दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुख स्वास्थ्यसँग सम्बन्धीत जनचेतनासहित यो दिवस मनाउने गरिन्छ । वर्ल्ड डेन्टल फेडरेसन सन २०१८ का अनुसार फ्लोराइडयुक्त टुथपेस्टले दिनमा दुईपटक दाँतको ब्रस गर्नाले गिँजा र दाँतलाई बचाउन धेरै मद्दत  गर्छ ।

दाँत र मुख स्वास्थ्यका बारेमा केही तथ्यहरु :

  • मुख स्वास्थ्य राम्रो भएमा व्यक्तिको आत्मविश्वास र व्यक्तित्वमा निखार ल्याउँछ । 
  • फ्लोराइडयुक्त टुथपेस्टले दाँत ब्रस गरेमा २ मिनेटमा ९५ प्रतिशत मुखको व्याक्टेरिया हट्नेछ । 
  • अन्तर्राष्ट्रिय दृश्यमा ४ हजार जनसंख्या बराबर १ जना दन्त चिकित्सकलाई प्रभावकारी मानिन्छ । 
  • संसारको ९० प्रतिशत जनसंख्याको आफ्नो जीवनमा कुनै एकपटक दाँत किराले खाने, गिँजाको समस्या एवं मुखको क्यान्सरको समस्याबाट पीडित हुनसक्ने एफडिआई (वल्र्ड डेन्टल फेडेरेशन)ले हालै प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ । 
  • एफडिआईको तथ्यांक अनुसार हाल विश्वमा १० लाख (१ मिलियन) दन्त चिकित्सक रहेका छन् र ६० प्रतिशत जनसंख्याले मात्र मुख तथा दन्त चिकित्साको सुविधा उपभोग गर्न पाएका छन् । 
  • ६०—९० प्रतिशत बालबालिकाहरुमा दाँत किराले खाने समस्या छ । प्रति १ लाख जनसंख्यामा १ देखि १० जनालाई मुखको क्यान्सरको समस्या हुने गर्छ । 
  • यो क्यान्सरको आठौं स्थानमा पर्छ र उपचारमा निकै खर्चिलो छ । 
  • मुखको क्यान्सर सुर्ति तथा सुर्तिजन्य पदार्थ र अल्कोहल सेवन गर्नेहरुमा १५ प्रतिशतले उच्च जोखिममा रहेको देखाएको छ । 
  • विकसित मुलुकहरुमा मुख तथा दन्त उपचारमा कुल स्वास्थ्य बजेटको ५—१० प्रतिशत खर्च हुने गर्छ । 
  • दाँत दुख्ने कारण बालबालिकाहरु विद्यालयमा गयल हुने संख्या पनि अत्यधिक छ र यसले अभिभावकहरु पनि राम्रो सुत्न नपाउने र काम काजमा अवरोध सृजना हुने गरेको छ । 
  • धेरै गुलियो चिजको सेवन गर्नाले दाँत किराले खाने र मधुमेहको समस्या हुने क्रम उच्च छ । 
  • डरका कारण कतिपय सर्वसाधारणले दन्त चिकित्साको सुविधा नलिने गरेको अमेरिकन अनुसन्धानले देखाएको छ । 

 

स्रोतः नेपाल डेन्टल एसोसिएसन

Last modified on 2022-03-20 16:35:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts