विमानस्थलमा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाहरुको मात्र कोरोना परीक्षण गरिने



Download our app to get more features

काठमाडौं,६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाहरुको मात्र कोरोना परीक्षण हुने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सुचना जारी गर्दै खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने बताएको हो । 

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड-१९ को पूर्ण खोप नलगाएका र कोभिड-१९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने बताए ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा कोभिड-१९ परीक्षण गराउनुपर्ने यस्तै पूर्ण खोप नलगाएका ५ वर्षमुनिका बालबालिकामा पनि लक्षण देखिएमा नाकामा परीक्षण हुने बताइएको छ ।

Last modified on 2022-03-21 11:19:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts