चितवनमा कोरोनाका सक्रिय संक्रमित २ जना मात्रै, जिल्लाका ५ स्थानीय तह संक्रमणमुक्त



Download our app to get more features

चितवन, ८ चैत । जिल्लामा अहिले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ जना मात्रै छन् ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा समान १/१ जना गरी जिल्लाभर २ जना मात्रै कोरोना भाइरसका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लाका ७ मध्ये ५ स्थानीय तह संक्रमणमुक्त भएका छन् । यसअघि नै २ स्थानीय तह संक्रमणमुक्त भएका थिए । थप ३ वटा स्थानीय तह संक्रमणमुक्त भएसँगै यो संख्या ५ पुगेको हो । थप संक्रमणमुक्त हुने स्थानीय तहमा खैरहनी, माडी र राप्ती नगरपालिका रहेका छन् ।

कार्यालयका अनुसार जिल्लाको कालिका नगरपालिका गत शुक्रवारदेखि कोरोना संक्रमणमुक्त भएको थियो । त्यस्तै, जिल्लाकै एक मात्रै गाउँपालिका इच्छाकामनामा फागुन दोस्रो सातादेखि नै कोरोना संक्रमणमुक्त भएको थियो । यसरी जिल्लाका सातवटा मध्ये ५ वटा स्थानीय पालिका संक्रमणमुक्त भएका हुन् । अन्य २ पालिकामा समेत संक्रमण शून्य नजिक छन्।

जिल्लाभर अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार ५ सय ४८ पुगेको छ । संक्रमित हुनेमा १७ हजार ७ सय ८३ जना पुरूष र १५ हजार ७ सय ६५ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म ३३ हजार ९७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ४९ जनाको मृत्यु भएको छ ।

Last modified on 2022-03-22 16:07:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts