आर्थिक अनियमितताको आरोपमा ताप्लेजुङ अस्पतालका कर्मचारी निष्कासित



Download our app to get more features

ताप्लेजुङ,९ चैत । आर्थिक अनियमितताको आरोपमा ताप्लेजुङ अस्पतालका कर्मचारी निष्कासित भएका छन् । अस्पतालले फार्मेसी कक्षमा कार्यरत ४ जना कर्मचारीलाई निष्कासित गरेको हो । 

फार्मेसीमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि छानबिनका लागि गठित समितिले अनियमितता गरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएसँगै ४ जना कर्मचारीलाई निष्कासित गरिएको अस्पतालले जनाएको छ । 

उनीहरुले डाक्टरले लेखेर दिएको बाहेक पनि बिरामीलाई थप औषधि दिने गरेको, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनियमितता गरेको लगायत आरोप लागेको थियो । 

निष्कासित कर्मचारीले अब जिल्ला अस्पताल ताप्लेजुङमा काम गर्न पाउने छैनन् । तर उनीहरुलाई अन्य अस्पताल वा जिल्लामा गएर काम गर्न भने रोक लगाइएको छैन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts