क्षयरोगका बिरामीहरूलाई उपचार अवधिभर निःशुल्क स्वास्थ्य बीमाको सुविधा गर्छौं : स्वास्थ्यमन्त्री खतिवडा



Download our app to get more features

काठमाडौं,१० चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले क्षयरोगका बिरामीहरूलाई उपचार अवधिभर निःशुल्क स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउने बताएका छन् । 

विश्व क्षयरोग दिवस २०७८ को अवसरमा बिहीबार एक सन्देश जारी गर्दै मन्त्री खतिवडाले आगामी आर्थिक वर्ष देखि सबै प्रकारका क्षयरोगका बिरामीहरुलाई उपचार अवधिभरका लागि निःशुल्क स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराइने बताएका हुन् । 

खतिवडाले गरिब, अल्पविकसित र विकासशील राष्ट्रका लागि क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याको रूपमा हालसम्म पनि रहिरहेको बताएका छन् ।

त्यस्तै उनले क्षयरोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाको माध्यमबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताएका छन् । 

‘विश्व स्वास्थ्य संगठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्र संघको उच्चस्तरीय बैठकले त्यस रणनीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोमा नेपाल सरकारले समेत त्यसमा थप प्रतिबद्धता जनाई सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याइसकेको छ । यसलाई प्रभावकारी बनाइ प्रत्येक नागरिकको पहुँचमा पुर्‍याउन हामी सबैले आ–आफ्नो ठाउँ तथा क्षमता अनुसार कार्य गर्न आवश्यक रहेको छ’, मन्त्री खतिवडाको जारी गरेको सन्देशमा भनिएको छ । 

Last modified on 2022-03-24 17:29:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts