उपचार कसुरमा फरार रहेका चिकित्सक दुई वर्षपछि पक्राउ



Download our app to get more features

महोत्तरी,११ चैत । महोत्तरीबाट दुई वर्षपछि डेन्टलका नक्कली चिकित्सक पक्राउ परेका छन् । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका सञ्चालक दिलीप भनिने संजयकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो । 

महतोलाई मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ । रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध  जाहेरी दिएका थिए ।

चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका पीडितको आरोप छ । दात उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँदा रानी सिंहको मृत्यु भएको थियो । 

उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि महतो फरार रहेका थिए ।  
 

Last modified on 2022-03-25 09:12:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts