कर्णालीमा ६९ प्रतिशतले लगाए कोरोनाविरुद्वको खोप 



Download our app to get more features

कर्णाली,१६ चैत । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ९ लाख ७३ हजार ६ सय ४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । 

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी पदम केसीले १ लाख ७ हजार ६ सय ८१ ले बुस्टर डोज लगाएको जानकारी दिए ।  हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ । 

पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ ।
रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts