म्याग्दीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम कार्यान्वयनमा



Download our app to get more features

म्याग्दी,१७ चैत ।  म्याग्दीमा चालु आर्थिक वर्षददेखि ग्रामीण पोषण सुरक्षण कार्यक्रम कार्यान्वयन आएको  छ । 

पोषण अवस्थाको सुधारका लागि जिल्लाका छवटै स्थानीय तहमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सुरु भएको हो । कृषि ज्ञान केन्द्रले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चाको पोषण अवस्था सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। 

केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले कार्यक्रम कार्यान्वनका लागि किसान समूह, कृषि सहकारीलाई प्रस्ताव माग गरिएको जानकारी दिए। छ वटा ठाउँमा कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु तीस लाख बजेट विनियोजन भएको छ। 

कम्तीमा १० घरधुरी संलग्न हुने गरी क्षेत्र बनाएर कृषि सहकारी र समूहले आवेदन पेस गर्न सक्ने कृषि प्रसार अधिकृत पाण्डेले बताए। ताजा तरकारी खेती, कुखुरापालन, प्रास्टिक घर निर्माणका लागि किसानले कूल लागतको ९० प्रतिशत अनुदान पाउनेछन्। 

एक वटा समूहका लागि र पाँच लाखका दरले अनुदान दिइने भएको छ। पोषण सुरक्षण कार्यक्रम निर्देशक समितिले पोषण अवस्था कमजोर भएका वडामा कार्यक्रम सञ्चालन गर्न छनोट गरेको थियो। बेनी नगरपालिकाको ३, ५ र ९, मङ्गला गाउँपालिकाको ३, ४ र ५, मालिकाको २, ३ र ४, धवलागिरीको २, ४, ५ र ६, रघुगङ्गाको ६, ७ र ८ तथा अन्नपूर्णको ६, ७ र ८ नम्बर वडामा कार्यक्रम लागू गरिएको हो। 

पोषण सुधारका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा म्याग्दीका स्थानीय तहहरुले रु ४५ लाख बजेट विनियोजन गरेका छन्। उपाध्यक्ष(अध्यक्षसँग आमा कार्यक्रममार्फत गर्भवतीलाई अण्डा, सुत्केरीलाई घ्यू, कुखुरा, सरसफाइका सामग्री वितरण गर्ने कार्यक्रम बनाएका छन्।

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts