भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा सोमबार बृहत् रक्तदान कार्यक्रम



Download our app to get more features

चितवन, २० चैत । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा भोलि बृहत् खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

अस्पतालले आफ्नो ५९ औँ वार्षिकोत्सवको कार्यक्रम अन्तर्गत भोलि (सोमबार) बृहत् खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा.कृष्णप्रसाद पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

मेडिकल सिटी भरतपुरमा हुने रगतको अभावलाई केहीहदसम्म भएपनि कम गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजन गरिएको उनले बताए । सम्भव भएसम्म धेरै जना कार्यक्रममा सहभागी हुन उनले अनुरोध समेत गरेका छन् । 

भोलि हुने सो रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक उर्मिला कँडेलले जानकारी दिइन् । कार्यक्रम बिहान ७ देखि १० बजेसम्म चल्ने उनले बताइन् ।

बार्षिकोत्सव अन्तर्गतका वार्षिकोत्सव स्मारिका प्रकाशन गर्ने ।  खेलकुद प्रतियोगिता तथा मनोरञ्जनका कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, कविता वाचन, निबन्ध लेखन एवम् वक्तृत्वकला प्रतियोगिता, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मान, वार्षिकोत्सवको दिन निःशुल्क ओपिडी सेवा दिने । साथै सोही दिन बिहान भरतपुर अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क फलफूल वितरण गर्ने कार्यक्रम रहेको मेसु प्रा.डा. पौडेलले जानकारी दिए । अस्पताल विकास समितिको बैठकले यसरी सञ्चालन हुन लागेको कार्यक्रमको लागि संयोजक, उपसंयोजक तथा सदस्यहरूको जिम्मेवारी सहितको उप–समिति समेत गठन गरिएको छ ।

गतवर्ष सामान्य कार्यक्रम गरे पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण दुइ वर्षअघि अस्पतालले आफ्नो ५७ औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत मनाइएको थियो ।

Last modified on 2022-04-03 17:50:54

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts