६ वर्षमा २० प्रतिशत मात्र स्वास्थ्य बीमाको पहुँचमा



Download our app to get more features

काठमाडौं,२४ चैत । स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ५३ लाख ४ हजार २ सय ७० जना आवद्ध भएका छन ।

बिहीबार स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाले हालसम्म ५३ लाख ४ हजार २ सय ७० जना आवद्ध भएको बताएका हुन् । 

त्यस्तै १५ लाख ८ हजार ५ सय १४  अर्थात २७.७९ प्रतिशत कूल बीमित परिवार रहेका छन् । कूल बीमितमध्ये २० लाख ८९ हजार ५ सय ९९  अर्थात  ३९ दशमलब ३९ जनाले सेवा लिएको बोर्डले जनाएको छ।

२०७२ चैत २५ देखि कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ जिल्लाका ७ सय ४५ स्थानीय तहमा विस्तार भएको बोर्डले जनाएको छ । 

कुल बिमित मध्ये अति गरिब परिवारको बीमित सदस्य संख्या ४ लाख ८८ हजार ४, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य संख्या ६ लाख ३४ हजार ७ सय ३५, एचआईभी संक्रमित परिवार बीमित सदस्य संख्या २५ हजार २ सय ८९ रहेको छ।

त्यस्तै  अति अशक्त अपाङ्गता भएका परिवारको बीमित सदस्य संख्या ९३ हजार ६ सय २९, कुष्ठरोग संक्रमितको परिवारको बीमित सदस्य संख्या २ हजार ८ सय ४९, एमडिआर क्षयरोगी परिवारको बीमित सदस्य संख्या २ हजार ४ सय ७४ र महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य संख्या ८३ हजार ६ सय २६ रहेको बोर्डले जनाएको छ । 

Last modified on 2022-04-07 20:29:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts