भरतपुर अस्पतालले शुक्रवार ५९ औँ वार्षिकोत्सव भव्य रूपमा मनाउँदै, ओपिडी टिकट निःशुल्क



Download our app to get more features

चितवन, २४ चैत । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ ।

अस्पतालले भोलि (शुक्रवार) आफ्नो ५९ औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा शुक्रवार ओपिडी टिकट निःशुल्क हुने अस्पताल प्रशासनले जनाएको छ । 

बिहान बिरामीलाई निःशुल्क फलफूल वितरण गर्ने कार्यक्रम संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिए । दिउँसो १ बजे उद्घाटन हुने वार्षिकोत्सव कार्यक्रममा आफ्नो डियूटी मिलाई उपस्थित हुन अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी एवम् सम्पूर्ण कर्मचारीहरूलाई अस्पताल प्रशासनले अनुरोध गरेको छ । 

बार्षिकोत्सव अन्तर्गतका वार्षिकोत्सव स्मारिका विमोचन,   खेलकुद प्रतियोगितामा तथा कविता वाचन एवम् वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुनेहरूलाई पुरस्कार वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मान, सास्कृतिक लगायत थुप्रै कार्यक्रम रहने अस्पतालले जनाएको छ । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने छन् ।

गतवर्ष सामान्य कार्यक्रम गरे पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण दुइ वर्षअघि अस्पतालले आफ्नो ५७ औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत मनाइएको थियो ।

Last modified on 2022-04-08 07:04:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts