सरकारले कोरोना महामारीमा करारमा भर्ना भएका स्वास्थ्यकर्मीको म्याद थप्ने



Download our app to get more features

काठमाडौं,३० चैत । सरकारले कोरोना महामारीको समयमा करारमा भर्ना भएका स्वास्थ्यकर्मीको म्याद तीन महिना थप्ने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गर्दै कोरोना महामारीको समयमा करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि तीन महिना थप्न अनुमति दिएको जनाएको हो । 

'कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार पदरिक्त भएमा जनशक्ती व्यस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार हाल कार्यरत कर्मचारीहरुको एक चौथाई (२५ प्रतिशत) संख्या नबढ्ने गरी ३ महिनासम्म थप्न सकिने नेपाल सरकार सचिवस्तरको निर्णयानुसार अनुरोध छ।'मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ । 

Last modified on 2022-04-14 10:02:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts