वीर अस्पतालले भक्तपुरको दुवाकोटमा सुरु गर्यो ल्याब र एक्सरे सेवा 



Download our app to get more features

काठमाडौं,२ वैशाख । वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गरेको छ ।  शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा।रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गरेका हुन् ।

क्लिनिक, ल्याब, प्रयोगशाला सञ्चालन गर्न एक चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मी खटाइएको छ। 

स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले बाचा गरे अनुसार काम सम्पन्न भएको बताए । उनले तत्काल ल्याब र एक्सरे सेवा सुरु गरेको भन्दै हप्तामा २ देखि ३ दिन विशेषज्ञ सेवा संचालन गर्ने जानकारी दिए। उनले फार्मेसीको बारेमा मन्त्रालयले सोचिरहेको पनि बताए ।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भुपेन्द्र बस्नेतले यस बिचमा कामले गति लिन नसके पनि अब तिव्रताका साथ कान अघि बढ्ने बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts