खोटाङमा कालाजारका थप दुई जना बिरामी भेटिए



Download our app to get more features

काठमाडौं,६ वैशाख । खोटाङमा कालाजारका थप दुई जना बिरामी भेटिएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका थप दुई जना बिरामी भेटिएका हुन् ।

नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले केसबेस सर्भिलेन्स कार्यक्रम अन्तरगत रगत परीक्षण गर्दा दुई जनालाई कालाजार पुष्टि भएको हो ।

स्थलगत रुपमा सय जनाको रक्त नमुना सङ्कलन गरेर आरडीटी विधिबाट परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए । 

यसअघि गएको चैत दोश्रो हप्ता ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पुष्टि भएको थियो । यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार सङ्क्रमितको सङ्ख्या ६ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts