डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसस काठमाडौं आइपुगे



Download our app to get more features

काठमाडौं,८ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन्। 

महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत काठमाडौं आइपुगेका हुन् ।

डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन्। भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ।

त्यस्तै उनले हनुमानढोका दरबार स्क्वायर, पाटन हाइस्कुलको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । भ्रमण सकेर महानिर्देशक गेहब्रेयससको टोली पर्सि आइतवार बिहान फर्कने तालिका छ । 

Last modified on 2022-04-22 12:04:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts